बिहिबार, असार ११, २०८३

गैरआवसीय नेपाली संघ जापानको रक्तदान कार्यक्रम सम्पन्न

टोकियो । रक्तदान जिवन दान’भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद९एनआरएनए० जापानले जुन २९ तारिख रक्तदान कार्यक्रमको आयोजना सफलता पुर्वक सम्पन्न गरेको छ ।
सो रक्तदानमा करिव ४७ जना रक्तदाताहरु सहभागि हुनु भएर ४० जना रक्तदाताले रक्तदान गराएका थिए ।
परिषदले आवस्यक तयारी र सहजिकरणको लागि निरा उपाध्यायलाई संयोजकको रहनु भएको थियो ।
रक्तदान कार्यक्रमलाई प्रभावकारी बनाउन जापानी समुदायमा नेपालीहरुको सकारात्मक र नेपाली पहिचाहनलाई स्थापित गर्न तथा स्थानिय जापानीहरुसंगको भाईचारा बढाउन योगदान पुग्ने बिस्वास अध्यक्ष टाशी वाङदी लामाले बताउदै रक्तदानमा उपस्थित हुनुहुने रक्तदाताहरुलाई धन्यवाद दिनु भएको छ । जापान रेडक्रस टोक्यो मेट्रोपोलितीयन ब्लड सेंटरमा रक्तदान सम्पन्न भएको र आगामी दिनहरुमा पनि यसलाई निरंतरता दिनु पर्ने गैरआवसीय नेपाली संघ जापानले जनाएको छ ।