सोमबार, बैशाख ०७, २०८३

बालबालिकालाई इमान्दार बन्न सिकाउन सञ्चारमन्त्री बाँस्कोटाको अपिल

बनेपा । नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बालबालिकाहरुलाई धनी होइन इमान्दार बन्न सिकाउन अभिभावकहरुलाई अपिल गरेका छन् ।
शनिबार काभ्रेको पनौति नगरपालिका वडा नं २ र ३ लाई बालमैत्री स्थानीय शासन घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त अपिल गरेका हुन् । ‘तपाईले आफ्नो बालबालिकालाई ‘हामी धनी बन्नुपर्छ’ भन्ने होइन, इमान्दार बन्न सिकाउनुहोस् ।’ बाँस्कोटाले भने,‘धनी मात्र बन्ने कुराले सुख हुँदैन, इमान्दार हुनुपर्छ ।

त्यसैगरि मन्त्री बाँस्कोटाले श्रम र सँस्कृति प्रति सम्मान गर्न आफ्ना बालबालिकालाई सिकाउनुपर्ने बताउँदै श्रम गर्न नसिकाए उत्पादकत्व घटेर जाने चिन्ता ब्यक्त गरे । ‘हामीले श्रम गर्न हुँदैन भन्ने होइन, असाध्यै धेरै गर्नुपर्छ भनेर सिकाउनुपर्छ । श्रमगर्नु पर्दैन भन्दै गए उत्पतकत्व त समाप्तै भएर जान्छ नि ।’ उनले भने, ‘श्रम साँस्कृति र सम्मान सँस्कृतिको पनि विकास गर्नुपर्छ । सभ्यता र साँस्कृति समाजले सिकाउनुपर्छ । विद्यालयमा त औपचारिक शिक्षा मात्र दिन्छ । अबको शिक्षा प्राविधिक हुनुपर्नेमा उनले जोड दिए ।