फुकुओका । नेपाल-जापान फ्रेन्डशिप लायन्स क्लबको तेस्रो अधिबेशनबाट ज्योति केसी अध्यक्षमा निर्विरोध चयन भएका छन् । अधिवेशनबाट प्रथम उपाध्यक्ष दिलेन्द्र जोशी, द्वितीय उपाध्यक्ष शंकर केसी, सचिव सुर्य बहादुर कुँवर, सह-सचिव सुनिल श्रेष्ठ, कोषाध्यक्ष प्रकाश लामिछाने, सह-कोषाध्यक्ष लायन ध्रुव गैरे, एलसी आइ एफ कोर्डिनेटर तथा प्रवक्ता भागीरथ पौडेल , मेम्बेरशिप डिरेक्टर तथा स्पोर्ट डिरेक्टर सुरज बन चयन भएका छन् ।
त्यसैगरी सर्भिस चेयरपर्सन मिलन बस्नेत, क्लब डिरेक्टर अनिता रिमाल, टेमर दिनेश रिमाल टेलटुईस्टर अनिश लामा, हेल्थ डिरेक्टर सुजाता थापा, एजुकेसन डिरेक्टर नारायण प्रसाद देवकोटा, क्लब सर्विस चेयरपर्सन सुवास मैनाली चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरु सुदिपमान श्रेष्ठ, भरत बन, ईश्वर अधिकारी, मुक्तिनाथ ढकाल, केशव सापकोटा, सानुभाइ विश्वकर्मा, सरिता शर्मा, रामचन्द्र पण्डित, प्रशान्त कँडेल, दिनेश कार्की, विवेक खतिवडा, विष्णु कुँवर, सुलोचना सापकोटा, अनिता पराजुली, कौशिला गुरुङ, सुशील देवकान्त बराल, सगर सापकोटा, सन्तोष सापकोटा, खेम महतो, नवीन देवकोटा, मनोज राना, विक्रम शर्मा, अमृत बराल चयन भएका छन् ।
त्यस्तै, नेपाल कोअर्डिनेटर दिलिप लामिछाने, विक्रम कोइराला, श्रुति ठकुरी, कुमामोतो कोअर्डिनेटर मन्जुल मितेरी, नागोया कोअर्डिनेटर लक्ष्मण ढुंगाना, दुर्गा माझी मियाजाकी कोअर्डीनेटर कुमार थापा, साइतामा कोअर्डिनेटर सुवास श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि एनआरएनए आईसीसी मेम्बर टंक गैरे, विशेष अतिथि धर्मराज अधिकारी, छत्र दाहाल, एनआरएन कोअर्डिनेटर लक्ष्मण बानियाँ, फुनेसो निबर्तमान अध्यक्ष नबिन अधिकारी,फुनेसोको अध्यक्ष योगेश कार्की, सन्तोष थापा, कृष्ण खरेल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सचिब सुर्य कुँवरले गरेका थिए ।
नवनिर्वाचित नयाँ कार्यसमितिलाई क्बलका चार्टर्ड अध्यक्ष तथा निवर्तमान अध्यक्ष अर्जुन थापाले सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले क्लब स्थापना गर्न प्रेरणा दिने अच्युत गुरागाई, रामनारायण उप्रेती, जितेन्द्र श्रेष्ठप्रति आभार व्यक्त गरेका छन् ।
थापाले क्लबलाई विभिन्न तबरबाट साथ र सहयोग गर्ने स्पोन्सर, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेका छन् ।

