टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको कान्तो क्षेत्रीय समितिको छैटौ अधिवेशन जुलाई २० तारिखका दिन हुने भएको छ ।
एनआरएनए कान्तो समितिको जुन २३ तारिखका दिन बसेको वैठकले अधिवेशनको मिति तोकि सार्वजनिक गरेको संस्थाका अध्यक्ष नविन निउरेले जानकारी दिनु भयो ।
एनआरएनए कान्तो समितिले निर्वाचन समिति समेत गठन गरेको छ l सो समितिको संयोजकमा शालिकराम भण्डारीलाई चयन गरेको छ भने सदस्यहरुमा विशेश्वर रेग्मी, बिजय थकाली, विकास श्रेष्ठ र टिकाराम खरेललाई चयन गरेको छ ।
सो अधिवेशन आसागयास्थित साङ्ग्यो स्योको खाईकानको सुगुनामी कु आसागया मिनामी ३-२-१९ मा हुने भएको छ ।
सो अधिवेशनका लागि कान्तो भित्र रहनु भएका पंजीकृत सदस्यहरुलाई उपस्थित भई दिनका लागि एनआरएनए कान्तो समितिले अनुरोध गरेका छन् ।

