टोकियो । गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए)जापानले जुन २९ तारिख रक्तदान कार्यक्रमको आयोजना तयारी पुरा गरेको छ ।
रक्तदानको लागि ६० जना रक्तदाताले नाम दर्ता गराउदै कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
रक्तदान जिवन दान’भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै एनआरएनए)जापानले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
सो रक्तदानमा करिव ६० जना रक्तदाताहरुले नाम दर्ता गराउनु भएको छ।परिषदले आवस्यक तयारी र सहजिकरणको लागि निरा उपाध्याय लाई संयोजकको ज़िम्मेवारी दिएको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनु भयो ।
रक्तदान कार्यक्रमलाई प्रभावकारी बनाउन जापानी समुदायमा नेपालीहरुको सकारात्मक र नेपाली पहिचाहनलाई स्थापित गर्न तथा स्थानिय जापानीहरुसंगको भाईचारा बढाउन योगदान पुग्ने बिस्वास अध्यक्ष टाशी वाङदी लामाले बताउदै यसै सुचनालाई आधार मान्दै रक्तदानमा उपस्थित भै दिन अनुरोध गर्नु भएको छ ।
जापान रेडक्रश टोक्यो मेट्रोपोलितीयन ब्लड सेंटर ओएदो लाइन वाकामात्चू खवादा स्टेशन उपस्थितिको लागि सहज हुने र समय १२:०० बजेबाट बेलुकी ४:०० बजे सम्म हुने गैरआवसीय नेपाली संघ जापानले जनाएको छ ।
अझै नाम टिपाउन सकिने भएकोले नाम टीपाउन अनुरोध गरेको छ ।
रक्तदानमा जाने सजिलो बाटो:-
सिनओकुवो स्टेसनबाट पैदल ओकुवो दोरी (टोकियो रोधी घर)हुदै चौवाटो पुगे पछि दाया मोडियर १ मिनटमा हिगाशी शिन्जुकु स्टेसन पुगिन्छ !(स्टेशनको भवन नै जापान रेडक्रसको भवन हो)

