सोमबार, बैशाख ०७, २०८३

प्रधानमन्त्री ओली र विभिन्न देशका महावाणिज्य दुतविच भेटघाट

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि विभिन्न देशका अवैतनिक महावाणिज्य दुतहरुले भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटघाट तथा छलफलमा नेपालका राष्ट्रिय प्राथमिकताहरुलाई सम्बन्धित देशहरुमा कसरी प्रवद्र्धन गर्ने भन्ने बिषयमा छलफल भएको छ ।

खासगरी नेपाल भ्रमण बर्ष सन् २०२०को अवसरमा धेरै मुलुकका नागरिकलाई नेपालमा भित्र्याउने सन्दर्भमा पनि व्यापक छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।

भेटमा विभिन्न कामको सिलसिलामा विदेशमा पुगेका नेपालीहरुको सुरक्षाका मामलामा, त्यहाँ भएका अफ्ठ्यारा स्थितीको बारेमा नेपालका तर्फबाट पूर्ण रुपमा सहयोग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा थियो ।

उनले नेपालको राष्ट्रिय आकांक्षा सुखी नेपाली,समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि छिमेकी देशहरुबाट भइरहेको सहयोगलाई धन्यवाद दिएका थिए ।