टोकियो । अन्तर्राष्ट्रिय राजनीतिक महिलाहरुको शिखर सम्मेलनमा भाग सांसद पम्फा भुसाल, धनकुमारी खतिवडा र उत्तोल तामाङ जापान आईपुग्नुभएको छ ।
सोमबार पूर्व सामान्य प्रशासन मन्त्री समेत रहनुभएकी भुषाल सहित सांसदत्रयलाई टोकियोस्थित हानेदा बिमानस्थलमा नेपाली राजदूतावास जापानका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्याल लगायतले स्वागत गर्नुभयो ।
संघिय संसदका सदस्यहरु रहनुभएका तिनैजना सांसदले यहि जुन २५ देखि तीन दिनसम्म जापानको संसद भवनमा हुने अन्तर्राष्ट्रिय राजनीतिक महिलाहरुको शिखर सम्मेलनमा भाग लिनेछन् । ८० देशका महिला नेतृहरु सहभागी हुने सम्मेलनमा नेपालको तर्फबाट सत्तारुद्ध नेकपा नेतृ भुसालसहित तामाङ र नेपाली काँग्रेसबाट सांसद बन्नुभएकी खतिवडाले सहभागिता जनाउनु हुनेछ ।
महिला नेतृहरुको स्वागमा तएनआएनए जापानकी उपाध्यक्ष अनिता गुरुङ,कोषाध्यक्ष कालिका थापा लगायत विमानस्थल पुग्नुभएको थियो ।

