शुक्रबार, बैशाख ०७, २०८१

चलचित्र “बीर बिक्रम-२” जापानको नागोयामा प्रीमियर शो हुने

जापान । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र बीर बिक्रम २ जापानको नागोयामा प्रीमियर शो हुने भएको छ ।
आगामी २८ र ३१ जुलाई २०१९ मा हुने प्रिमियर शो मा नायक पल शाह,नायिका वर्षा शिवाकोटी र नाजिर हुस्सेईन जापान आउने कार्यक्रम रहेको जनाएको छ ।

नेपालमा राम्रो चर्चा बटुलेको बीर बिक्रम २ अत्यधिक दर्शक चापका बीच प्रदर्शन भएको थियो ।

निर्देशकले नेपाल भ्रमण बर्ष २०२० लाई मध्य नजर गरेर बाह्य तथा आन्तरिक पर्यटनमा टेवा पुर्याउने हेतुले नेपालको सुन्दर पर्यटकीय क्षेत्रमा महँगीको पर्वाह नगरी बिना सम्झौता चलचित्र छायांकन देखि एउटै गीतमा पच्चीसौं लाख खर्च गर्नु चानचुने नभएको निर्देशक मिलन चाम्सले जिकिर गर्नु भयो ।

चलचित्र बनाउञ्जेल मेरो थियो जब सार्बजनिक भयो तब दर्शकहरुको भएकाले माया गरेर बचाउने कि खडेरी लगाउने त्यो दर्शक जो हाम्रो लागि भगवान समान हुनुहुन्छ वहाँहरुको हातमा हुने, भन्दै राम्रो गर्ने प्रयास गरेर ग्राण्ड रेड कार्पेट प्रिमियर पछि जापानमा फिल्म प्रदर्शन हुने कार्यक्रम तय भएको छ ।
सो चलचित्रलाई जापानमा नाकामा म्यूजिकल ब्यान्डले जिम्मा लिएको छ ।