बिहिबार, असार ११, २०८३

एनवीएले भोली टोकियोमा मैत्रीपूर्ण बनभोज कार्यक्रम गर्ने

टोकियो । नेपाली व्यवसायी संघ जापानले भोली आइतवार टोकियोमा मैत्रीपूर्ण बनभोज तथा भेंटघाट कार्यक्रम गर्ने भएको छ ।

जापानबासी नेपालीहरुबीच पारस्परिक सद्भाव, भाइचारा, सम्बन्ध र सौहार्द्रताको बिकास एवं बिस्तार गर्ने उद्देश्यले आउटडोर कार्यक्रम बनभोजको आयोजना गरिएको जनाएको छ ।

कार्यक्रममा खानपान,मनोरञ्जन मात्र नभएर जापानको नेपाली समाजलाई अझ परिष्कृत र उन्नत कसरी बनाउन सकिन्छ भन्ने बिषयमा पनि समाजका अगुवाहरुबीच अनौपचारिक छलफल तथा बहस गरिने बताएको छ ।

कार्यक्रमको प्रवेश शुल्क पुरुष ३ हजार येन र महिलाका लागि २ हजार ५ सय येन तोकिएको उक्त यहि जुन २३ तारिख आईतवार बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म टोकियो र खानागावा प्रिफेक्चरको सिमानामा पर्ने कावासाकी सिटीको शिन-मारुकोमा हुने जनाएको छ ।

सो कार्यक्रममा भेटघाट,खानपान,सांगीतिक मनोरञ्जन र समसामयिक बिषयमा अनौपचारिक छलफल समेत गरिने उक्त बनभोज कार्यक्रममा सहभागिताका लागि संघसंस्थाका जिम्मेवार अगुवा, ब्यवसायी, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, कलाकार, विद्यार्थी तथा सर्बसाधारण सबैमा संघका अध्यक्ष विजय थकालीले अपिल गर्नुभएको छ ।