जापान । जापानको राजधानी टोकियोमा अनुहारको हड्डी भाँचिदिने एक महिलासहित ४ नेपाली पक्राउ परेका छन ।
कुटपिटमा संलग्न रहेको अभियोगमा टोकियोमा १ महिलासहित ४ जना नेपाली पक्राउ परेका समाचारमा उल्लेख छ ।
उनीहरुले एप्रिल महिनाको ५ तारिख राती टोकियोको सिन्जुकुको ह्याकुनिन्च्यो स्थित बोटोमा एक १९ वर्षिय नेपाली युवकलाई कुटपिट गरी अनुहारको हड्डी नै भाँचिदिएको बताईएको छ ।
२७ वर्षिय दिलिप लामा तथा सुनिता शाहीसंगै अन्य २ जनालाई पनि पक्राउ गरिएको बताईएको छ । टोकियो महानगरिय प्रहरीका अनुसार घाईतेलाई त्यसका अलावा अन्य गम्भिर चोटपटक पनि लागेको समाचारमा उल्लेख छ ।
पक्राउ परेका मध्ये लामा टोकियो ब्रदर नामक ग्रुपसंग आबद्द रहेको बताईएको छ । गिरी थरका १९ वर्षिय युवा घाईते अहिले उपचारको क्रममा छन् ।

