बिहिबार, बैशाख ०६, २०८१

जापानबाट भट्टको सक्रियतामा मेरुदण्ड भॉंचिएका राजुलाई आर्थिक सहयोग

टोकियो । जापानबाट गोरखा भिमसेन थापा गॉंउपालीका ४ चौतारा स्थित बसोबास गर्ने राजु खनाललाई आर्थिक सहयोग गरेको छ ।
रुखबाट लडेर मेरुडण्ड भाचिएर चितबन स्थित हस्पिटल उपचार भै रहेको र निजको आर्थिक स्थिति निकै कम्जोर भएको र उपचारमा धेरै पैसा लाग्ने भएको थोरै सहयोगले खनालको उपचारमा धेरै सहयोग हुने उदेश्यले बैदेसिक रोजगारीको शिलशिलामा जापानमा रहनुभएका नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रका सल्लाकार,सीमपानीन्यूज़का अध्यक्ष बिमल बाबु भट्टको सक्रियतामा जापान रहेका नेपालीहरुको सहयोगमा हस्पिटलमा छटपटाई रहेको राजु खनालको घाउमा सानो मलम पट्टि लगाउने काम गरेका छन् ।बिभिन्न सामाजिक ब्यतित्व तथा पेसा ,व्यवसाय गरेका ब्यक्तीहरु संग संकलित रकम नेपाली (८०,००० ) असि हजार रुपयॉं जापान स्थित ओभरसिज रेमिट बाट ग्ब्लोबल बैंक मा रहेको राजु खनालको खातामा जम्मा गरि दिएका हुन् ,भट्टले सानो अभियान लाई सहयोग गर्नुहुने सहयोगी ब्यतित्वहरुलाई धन्यबाद दिदै एउटा हस्पिटल मा पैसा को अभाव उपचारको समस्या रहेको व्यक्तिलाई प्रबास मा रहेरपनि आफ्नो पसिनाको फल सामाजिक कार्यमा गर्ने सहयोगी हातहरुलाई ह्यदय देखिनै धन्यबाद दिदै राजुको उपचारको लागि सहयोग गर्न आह्वान गर्दे शिध्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
साथै सहयोग गर्नु हुने महान व्यक्तिहरुलाई धन्यबाद दिदै राजुको शिध्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।