बिहिबार, असार ११, २०८३

मन्त्री पोखरेलको सम्मानमा दूतावास टोकियोमा रात्रि भोज

लक्ष्मी पौडेल,टोकियो । नेपाल सरकारका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल यतिवेला सेटलाईट वारे जापानमा आयोजित एक सम्मेलनको लागि जापानभ्रमणमा रहनुभएको छ ।
उहाँको सम्मानमा नेपाली राजदूतावास जापानले राजदूतनिवासमा रात्रि भोजको आयोजना सम्पन्न गरेको छ।
आइतवार कार्यक्रममा वोल्दै शिक्षामन्त्रीले २०७२ सालमा जारी भएको संविधानलाई आफ्नै सकृयतामा मन्त्रिपरिषदमा पुर्यायको र सरकारले विभिन्न नितिहरुलाई परिमार्जन गर्दै जाने र यस वर्ष भित्र पुर्ण साक्षर वनाउने लक्ष्य लिएको वताउनुभयो ।
प्राविधिक क्षिक्षालाई निरन्तरता दिएको राष्ट्रको आवश्यकता र विधार्थिको रुचिको विषयमा विस्तार गर्दै जाने र शिक्षालाई,श्रम ,सिप ,उत्पादन र संवृद्रिसंग जोड्ने प्रयास गरिरहेको वताउनुभयो।
विज्ञान र प्रविधिलाई नयां ढंगवाट अगाडि वढाउनुपर्ने,सरकारले यक्लै काम गरेर देशले छलाङ मार्न नसक्ने र देशभर छरिएर रहेका नेपालीले साथ दिए सम्भव रहेको वताउनुभयो।
सम्भावनाहरुलाई पनि ध्यान दिएर अगाढि वढ्ने र देशको संवृदिको लागि जापानमा रहेका विज्ञहरुलाई नैपाल लैजानतिर सोच्नुपर्ने वताउनुभयो।
विभिन्न देशमा पुगेका विधार्थिहरुलाई पढ्न जांदा विधार्थिमा ठुला समस्या देखिएकोले नेपालमै त्यो किसिमको शिक्षा अगाडि वढाईने र अष्ट्रेलिया तथा विभिन्न मुलुकको लागि जाने सहमति नो अप्जेशन लेटर दिन वन्द गरिएको वताउनुभयो।
नेपालभित्रै वसेर पनि यो किसिमको व्यवहारिक शिक्षा नेपालमा सञ्चालन गर्नको लागि सहयोग गर्न जापानवासि नेपालिहरुलाई आग्रह गर्नुभएको छ।
मन्त्रिलाई स्वागत गर्दै जापानस्थित राजदुत प्रतिभा राणाले साउथ यसियामा ९० हजारको हाराहारिमा सवैभन्दा वढि नेपालिहरुको वसोवास रहेको जापानमा नेपालि समुदायमा रहेका सवै समस्यालाई हल गर्न नसकिएको वताउनुभयो।
यसैगरि एनआरएनए आईसिसी अध्यक्ष भवन भट्टले नेपाललाई पुर्ण साक्षरता वनाउन एनआरएनए पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने,र नेपालको विकास निर्माणमा लगानि गर्नको लागि पनि भुमिका खेलेको वताउनुभयो ।
जापानस्थित नेपालि राजदुतावासका राजदुत उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले उपस्थित सवैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। जापानस्थित राजदुतावासका तृतिय सचिव टेकनारायण गिरिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।