शुक्रबार, बैशाख ०७, २०८१

नेपाल चिनाउदैँ जापानको नागोयामा दुई दिने नेपाल फेष्टिवल सम्पन्न

नागोया । जापानको नागोयामा पहिलो पटक आयोजना गरेको नेपाल फेष्टिवल सम्पन्न भएको छ । फेस्टिवल शनिबार र आइतबार नागोयाको साकयास्थित हिसियादोहोरी पार्कमा सम्पन्न भएको हो ।

नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा नेपाली कला संस्कृति तथा मौलिक पहिचान झल्कउदै जापानीहरुमा नेपालको पर्यटन प्रबर्दन गर्ने उद्देश्यले आयोजना गरेको आयोजकले बताए ।
फेष्टिवलमा २ तलाको नेपाली बाटुले घर मुख्य आकर्षणका रुपमा राखिएको थियो । फेस्टिवलको जापानका लागि नेपाली राजदुत् प्रतिभा रानाबाट उद्घाटन भएको थियो ।कार्यक्रममा नेपाली राजदूत उपनियोग उपप्रमुख कृष्णचन्द्र अर्याल,एनआरएनएका अध्यक्ष भवन भट्ट, जर्मनका उपाध्यक्ष कुमार पन्त, प्रवक्ता भूषण घिमिरे, आइसिसी युवा संयोजक सुदन थापा, एनआरएन जापान अध्यक्ष टाशी वान्दी लामा, आइसिसी सदस्यहरुलगायत विभिन्न पदाधिकारी तथा सदस्यहरु र आइची प्रिफेक्चरका गभर्नर ,नागोयाका उपमेयर,ओबु सिटीका मेयर,जापानका सांसद लगाएतले शुभकामना दिएका थिए ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा जापानीहरुलाई नेपाल चिनाउन जापानको नागोयामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरेको का कार्यक्रम संयोजक पारसमणि पोखरेलको भनाई छ । साथै अबदेखि प्रत्येक बर्ष नागोयामा पनि नेपाल फेष्टिवललाई निरन्तरता दिने पनि उनले बताए ।

उद्घाटन सत्रमा बाजागाजा सहित विभिन्न जातजातिका जातिय पोशाकमा सजिएर हामी नेपाली हो भनेर र्यालीसहित विभिन्न समुदायमा रहेका बिबिध कला, संस्कृति तथा भेषभुषा झल्काउने प्रस्तुति बिशेष थियो ।
कार्यक्रममा तामाङ,शेर्पा ,मगर ,राई र नेवार लगायत जातजातिहरुको नुत्य ,झागी पनि आकर्षणका रुपमा रहेको थियो । फेष्टिवलमा नेपालीहरु सहित जापानीहरुको पनि बाक्लै उपस्थिति रहेको थियो । फेस्टिवलमा नेपाली स्वाद पस्काउने खानाका स्टल १२ वटा, नर्मल स्टल २० वटा राखिएको थियो । साथै अन्य विभिन्न नेपालको प्रचारप्रसार गर्ने तथा पर्यटन प्रबर्दनमा सहयोग पुग्ने खालका स्टल हरु समेत राखिएको थियो ।

कार्यक्रममा स्थनीय नेपाली कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । साथै जापनी कलाकारहरुले नुत्य र गायन पनि प्रस्तुत गरेको थियो ।