टोकियो,शान्त पहरी । जापानमा छरिएर रहेको ब्यापारीहरुको साझा संस्था नेपाल ब्यवसायी संघ जापानले वार्वेक्यू कार्यक्रम गर्ने भएको छ ।
यहि आउँदो हप्ता जुन २३ तारिख आईतवार कानागावास्थित शिनमारुको स्टेशनमा हुने नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष बिजय थकालीले जानकारी दिनुभयो ।
ब्यवसायी संघले भेटघाट तथा रमाईलो वार्वेक्यूमा प्रती व्यक्ती पुरुष ३,००० र महिला २,५०० जापानी येन राखिएको वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले बताउनु भयो ।
वार्वेक्यूमा जापानबासी नेपालीहरुलाई नेपाल ब्यवसायी संघ जापानका सचिव बाबुराम पौड्यालले सबैलाई हार्दिक आमन्त्रणा गर्नु भएको छ ।


