Nepali date


बुधबार, असार ४, २०७६

सरकारको काम देखेर किन अतालिएका छन् प्रतिपक्ष ?

बिनोद खड्का,
यतिबेला राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको र नयाँ गति साथ सरकार चलायमान भएको कुरा त जनजाहेर छ । लामो समय सम्म अस्थिरतामा रमालिएको यो देश १ बर्ष अगाडि बाट स्थितिरतामा अज प्रष्टसँग भनम कम्युनिस्ट पाटीको बहुमतसहितको सदन र सरकारमा नेर्तृत्वमा देश हिडि रहेको छ । पटकपटक हामीले अस्थिरता सहन पर्ने सुन्दा पनि वाक्क लाग्ने ६ महिनामा ९ महिनामा सरकार फेरियोरे त्यस पाटीले सरकार लाई साथ दिएन रे यस्तै मात्र समाचार हामीले छापामार र टिभिमा पढ्ने र सुन्ने मात्र काम गरियो ।

महिले भन्न खोजेको कुरा के हो भन्ने यस्तै चिज र यस्तै रमाइलो गरेर बर्तमान प्रतिपक्ष ले झण्डै २६ बर्ष चलाएको यो देश कम्तिमा ढिलै भएनि कम्सेकम जनताले यस्ता समाचार यस्तो किचलो त सुन्नु परेको छैन् । तर अजै प्रतिपक्ष भन्दै छ सदनमा पनि बुरूक्क उफ्रन पुग्छ राम्रो कामको पनि बिरोध नै गर्छ नराम्रो कामको पनि बिरोध नै गर्छ देश सिस्टममा चलाईन्छ चल्नु पर्छ सरकार भन्छ प्रतिपक्ष टाउको समाएर उफ्रने मात्र हैन् रोईलो नै गर्छ । यसका पछिला घटना हुन् । प्रेस काउन्सिल बिधेक होस् या गुष्ठी हुन् या शिक्षा बिधेक होस् या चिकित्सा बिधेक होस् हरेक ठाउँमा रोईलो मात्र गर्ने शिबाय उसले अरू केही गर्न सकेको देखिन्न । राम्रो काम त प्रतिपक्ष भएपछि गर्न दिने सुन्न सक्ने कुरै भएन किनभने यो काम हरेक राजनीति एजेन्डा सँग जोडिन्छ राम्रा काम भोलि सरकारको नेर्तृत्व गर्ने हरूले हामीले गरेको भन्छन् सबै जनता बर्तमान सरकारको पक्षमा लाग्छन् भनेर प्रतिपक्षयको यतिबेला होस् हरास् उड्न लागेको कुरा सदनमा उफ्रेका मानननिय ज्यु हरूको अनुहार हेर्दै प्रष्ट हुन्छ । बर्तमान सरकार जसले जे भनेनि आफ्नो लय समाएर हिडेको छ आजको भोलि त के देखिन्छ र यसको कार्यकाल जनताले दिएको अबधि पाँच बर्ष हो कम्तिमा तीन बर्ष पूरा पुगेपछि यसले कति गर्यो र गर्न सक्यो सकेन् लक्ष्य ठिक छ या छैन् भनेर खास आलोचना हुनु वा बहसमा त्यतिबेला आउनु वा लियाउनु पर्ने हो लोकतान्त्रिक पद्धतिमा र लोकतान्त्रिक डेमोक्रेसीमा तर यहाँ त अईलेनै सबै सकियो नै जसरी बाहिर हो हल्ला गरिदै छ ।

त्यसको तापक्रर्य के हो भने तीन बर्ष मै यो सरकारले केही काटा कलायन केही जनताको मुहारमा र नेपाली युवाको दृष्टिकोणमा यसले परिवर्तन लियाउने नै भयो साच्चै यहीँ सरकार र बिशेष कम्युनिस्ट सरकार र कम्युनिस्ट पाटी हरूले नै समृद्ध नेपाल सुखि नेपाली बनाउने भए नै भनेर तर्सिएको प्रतिपक्ष प्रष्ट सँग बुझ्न सकिन्छ । र अलिकति पत्रकार हरूको बारेमा पनि बोल्न मन लाग्यो पत्रकार आफैमा राज्यको चौथो अंङ हो यो आफैमा माहान छ हामी र मजतिको ब्यक्तिले यसमा कमिकम्जोर टिक्का टिप्पणी गर्न सुहाउने जगत किमार्थ हैन् तर पनि कहिलेकाही समयले कोल्टे फेर्ने रहेछ ।

अईले पत्रकार हरू सबै एउटै क्याटगोरी र एउटै निष्ठा र खोज पत्रकारीता त भेटिनै छाड्यो एउटा अनलाइन खबरले ३० सेकेन्डको फरकमा समाचार सप्रेक्षण गर्छन् त्यो सप्रेक्षण खास खोज पत्रकारीता हो हैन्? त्यो स्वयंम तपाईं हामीले बुझ्ने कुरा भयो महिले भन्न खोजेको कुरा के हो भन्ने ।सरकारले अईले प्रेस समन्धि लियाएको बिधेक को बारेमा किन पत्रकार हरूनै तर्सित छन् त? के राम्रा र कुशल आफ्नो दक्षयता क्षेमता र आफू कानुनी राज्यमा बसेर जनतालाई सुसूचित गर्न सक्छु भन्ने हिम्मत नभएरै हो त? एउटा सानो उदाहरण दिउँ बालवाला मन्त्री हरूलाई एउटा पत्रकारले कसरी प्रश्न सोध्छ याद गर्नु भएको छ ? सामान्य पत्रकारले बालवाला मन्त्री लाई जी भनेर सम्बोधन गर्ने कुन पत्रकारिता भित्र पर्छ? पत्रकार ज्यु हरूले पनि आफ्नो मर्यादा ख्याल गर्नु पर्छ पर्दैन ? परिवर्तनको बाधक भएपछि मलेसियामा माहाथिरले धेरै मिडियानै खारेज गरे चिनमा पनि परिवर्तन को बाधक भएपछि धेरै पत्रकार हरूमाथि अंकुश लगाए अन्य विश्वमा पनि यस्ता घटना हरू छन् । नेपालमा पनि विधि भित्र पत्रकार हरूलाई नबस्ने आआफ्नो क्याटगोरी नछुटाउने हो भने लेभल चेन अफ कमान्डमा नहिडाउने हो भन्ने खास जनताले राम्रो कामको सुसूचित पाउँछन् भन्ने बिश्वास गर्न सकिने अबस्था छैन् । नियम भनेको रामे आएपनि श्यामे आएनि एउटै हुनुपर्छ । भोलि कम्युनिस्टको नेर्तृत्वको ठाउँमा अन्य कुनै राम श्याम आउलान् ती राज्यको नेर्तृत्व गर्नेलाई पनि सहज हुनुपर्छ ।
काम थालनी गर्दा आलोचना नहुने बिश्वमा कहाँ छ र ? अन्य के उदारण दिउँ आजभन्दा पाँच सात बर्ष अगाडि बाबुराम भट्टराई ज्युको सरकारको पालामा काठमाडौं का रोड जताततै भत्काउदै हिड्दा कति आलोचना गर्थ्य कति सराप्थ्य आज तिनै रोडमा सनन् सुन्दर सहित हिन्दा तिनै बिरोध गर्ने रोईलो गर्ने हरू पनि मख्ख पर्छन् ।

त्यसैले भन्न खोजेको कुरा के हो भन्ने जहाँ लटरम्म आँप फल्छ त्यहीँ दर्हो झट्टी हान्छन् हानिरहन्छन् बर्तमान सरकार त्यस्तै हो जहाँ पनि यो काम पनि गर्छु त्यो पनि गर्छु समृद्ध नेपाल पारेरै छाड्छु भनि रहेको छ त्यसको असर बिशेष अईले प्रतिपक्ष काङ्ग्रेस लाई परि रहेको छ साच्चै समृद्ध नेपाल कम्युनिस्ट नेर्तृत्व को सरकारले पार्छ के हो भन्ने होस् हरास् गएको छ ।

रामेछाप हाल काठमाडौं

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया