Nepali date


बुधबार, असार ४, २०७६

पुलको शिलान्यास गरेर फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा दुर्घटना

स्याङजा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुनचौपारी गाउँपालिका–३ घट्टेको रह दरौँ खोलामा दुर्घटनामा परको छ ।
सोमवार पुलको शिलान्यास गरेर फर्कने क्रममा मन्त्री महासेठको गाडी खोला दुर्घटना परेको हो । मन्त्री महासेठ भने सकुशल छन् ।

अर्जुनचौपारी गाउँपालिकास्थित शहरे खोला पुलको शिलान्यास गरेर फर्कने क्रममा मन्त्री महासेठ सवार बा२झ ४०२९ नं को गाडी चिप्लिएर खोलामा आधा डुबेको थियो । गाडीबाट सुरक्षाकर्मीको सहायतामा मन्त्री महासेठलाई सकुशल बाहिर निकालिएको थियो ।

गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको प्रहरी नायब उपरीक्षक नविकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार खोलामा पानीको मात्रा बढी भएका कारण मन्त्री सवार गाडी आधा डुबेको हो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया