Nepali date


शनिबार, अशोज ४, २०७६

जापानी नागरिक ‘युको ओकामोतो’लाई यायोक्खा जापानको सम्मान

टोकियो । नेपाली साँस्कृतिक अध्येता जापानिज नागरिक प्राध्यापक युको ओकामोतोलाई नेपाली संस्कृतिको अध्ययन,संरक्षण र प्रचारप्रसारमा योगदान गरेको भन्दै किरात राई यायोक्खा जापानले सम्मान गरेको छ ।

आईतवार टोकियोमा साकेला शिली कार्यक्रमको अवसरमा नेपाली साँस्कृतिक अध्येता प्राध्यापक युको ओकामोतोलाई किराती परम्परा अनुसार सेतो फेटा तथा सम्मानपत्रले सम्मान गरेको हो ।

विगत ३४ वर्षदेखि जापानको विश्वविधालयमा नेपाली भाषा र संस्कृति लगायत विषयमा प्राध्यापन गर्दै आएका युको ओकामोतोले आफूँ सम्मानित भएकामा खुसी व्यक्त गरिन् । नेपालको आदिवासी जनजातिहरुमा राई,लिम्बु,गुरुङ्,मगर,शेर्पा र थारुहरुको साँस्कृतिक नृत्य सम्बन्धित क्षेत्रमै गएर आफूँले सिकेको बताउने प्राध्यापक ओकामोतो अबको ३ वर्षमा सेवा निवृत्त भएपछि नेपालमै बसेर नेपाली संस्कृतिको अध्ययन गर्ने आफ्नो योजना रहेको बताइन् ।

उनले निरन्तर ३४ वर्षसम्म विश्वविधालयमा १० हजार जना भन्दा धेरै विद्यार्थीहरुलाई नेपाली साँस्कृतिक नृत्य प्रशिक्षण गराईसकेकी छिन् । आदिबासी जनजातिहरुको गाउँ वस्तीमा गएर त्यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धान गर्दा पाइने न्यानो माया र सम्मानले आफूँलाई यस क्षेत्रमा काम गर्न प्रेरित गर्ने गरेको अनुभव सुनाईन ।

त्यस्तै गरि जापानमा पहिलो नेपाली हेयर डिजाइनर मेरियन राईलाई पनि किरात राई यायोक्खा जापानले सम्मान गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया