काठमाडौं । गुठी विधेयकको विरोध गर्दै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको हाे ।
गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् ।
विधेयक फिर्ता लिनु पर्ने, सार्वजनिक जग्गा व्यक्तिको बनाउने चलखेल हुन यस्तो विधेयक आएको भन्दै विरोध गर्दै आएका छन् ।
गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । सरोकालवालासँग कुनै छलफल नै नगरी विधेयकहरू संसदमा दर्ता भएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका थिए ।

