काठमाडौं । नेपाल स्वच्छ वातावरण महाअभियान अन्तर्गत नेपाल सरकारका मन्त्रीहरुले आइतबार मन्त्रीको सरकारी निवास पुल्चोकमा सरसफाई गरेका छन् ।
‘प्रदुषण घटाऊ फोहोरमैलाको उचित ब्यबस्थापन गरौूवातावरण र जैविक बिबिधताको संरक्षण गरौ, अनुशासित सभ्य नागरिक बनौं ‘ नारा सहित वातावरण बिभागले आयोजना गरेको पुल्चोक सरसफाइ अभियान मा कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल , राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ,गृहमन्त्री राम बहादुर थापा , वनमन्त्री शक्ति बहादुर बस्नेत , अर्थमन्त्री युवराज खतिवडा ,वन सचीव बिश्वनाथ ओली लगाएतको सहभागीता रहेको थियो ।
उनीहरुले पुल्चोक आसपास क्षेत्रभित्रमा सरसफाइ गरेका थिए ।

