Nepali date


बुधबार, असार ४, २०७६

नेपाल जापान डाईलग सिरिजको चौथों शृंखला टोकियोमा सम्पन्न

लक्ष्मी पौडेल,टोकियो ।
समृद्ध नेपाल अभियानमा सघाउन डायस्पोरामा रहेका विज्ञहरुको सुझाव संकलन गर्न नेपाल जापान डाईलग सिरिजको चौथो शृंखला टोकियोमा सम्पन्न भएको छ । जापानमा रही विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको आयोजना,नेपाली राजदूताबास जापानको सहयोग र क्योदाई रेमिट्यान्सको प्रायोजनमा कार्यक्रम जाइका हलसम्पन्न भएको हो

नेपालमा वढ्दै गएको सुचना,सञ्चार र प्रविधिको अवस्था विषयमा अन्तरक्रिया गरियको र प्राप्त सुझावको निचोड राजदूतावासको सहयोग मार्फत नेपाल सरकारको सम्वन्धित ठाउँहरुमा बुझाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको थियो ।
कार्यक्रमलाई डा कुमार वस्नेतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा टोक्यो अन्तराष्ट्रिय विस्वविध्यालयका भ्वाईस प्रेसिडेन्ट डक्टर जय राजसेकारा , रिसर्चर डक्टर यासुनोरि ओवादा ,डाक्टर बेद काफ्लेले सुचना,सञ्चार र प्रविधिसंग सम्बन्धित बिषयमा नेपाल तथा जापानको बर्तमान अबस्था र संभावनाको बिषयमा बोल्नु भएको थियो । त्यसै गरि आइटिमार्फत मौसम सम्बन्धि जानकारीको बारेमा कोजि किनोउचि , इन्टरनेट मार्फत बिध्यार्थीलाई अध्यापन गराउने बिषयमा ताईसुके फुकुनो र नेपालको आफ्नै पहिलो सेटेलाईट अन्तरिक्षमा पठाउनु भएका आभास मास्के लगायतले आफ्नो बक्तब्य राख्दै सहभागिको जिज्ञासाको सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रम राजदुत प्रतिभा राणाको आतिथ्यता,उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको अध्यक्षता तथा प्रोफेसर नेत्र प्रकाश भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
जापानमा सुचना सञ्चार र प्रविधिको क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा नेपालको आइटी सेक्टरसंग सम्बन्धित सञ्चार,सुचना र प्रविधिको सेवा प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा छलफल भएको थियो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया