सोमबार, बैशाख ०७, २०८३

रुख काट्न सहमति भएपछि चापागाँउ-लेले खण्डको सडक विस्तार तिव्र हुँदैं

ललितपुर । आनन्द वन क्षेत्रको राष्ट्रिय तथा सामुदायिक वनमा रुख काट्न सहमति भएपछि चापागाँउको टाहाखेल–लेले सडक खण्डको विस्तार तिव्र रुपमा भएकाृ छ । यस सडक खण्डको ५।८ किलोमिटरमा पर्ने १ हजार ९ सय १ वटा रुख काट्न सहमती भएपछि अहिले सडकको काम तिव्र रुपमा भइरहेको हो ।
आनन्द वन क्षेत्रको राष्ट्रिय तथा सामुदायिक वनमा रहेका खोटसल्ला,मसला, चिलाउने र काफललगायतका रुप कटान गरि सडकको तलतिर पर्खाल लगाउने काम भइरहेको छ ।

सातदोवाटोबाट लेले सरस्वती कुण्डसम्म १३ किलोमिटर ९१० मिटर सडक विस्तारको हुन लागेको हो । २०७४ सालको साउनमा टेण्डर परेको राष्ट्रिय वन र सार्वजनिक वनका कारण रुख काट्ने प्रकृयाका कारण १९ महिना काम रोकिएको थियो ।
उब्तm सडकको दाया वायाँ १०÷१० मिटर सडक विस्तार हुनेछ । सडक विस्तारपछि घर बनाउदा १ मिटर पर्खाल छोडेर बनाउन पाइन्छ ।

टाहाखेल लेले सडक खण्डको टेण्डर ४० लाख रुपैयामा लगाइएको हो । सडक विस्तार कम्पनीका इन्जिनियर किरण कार्की पैसा खर्च र कामको गणना गर्दा ७ प्रतिशत काम भएको सकिएको जानकारी दिए । उनका अनुसार मंसिरसम्म सडकमुनि पर्खाल सक्ने लक्ष्य छ ।