Nepali date


बुधबार, असार ४, २०७६

गायक भेग पहरीको लोक आधुनिक गीत’लभको चक्कर’ सार्वजनिक

काठमाडौं । गायक भेग पहरीको लभको चक्कर सार्वजनिक भएको छ । उदयपुरका स्थानिय गायक पहरीको लोक आधुनिक गीत लभको चक्कर सार्वजनिक भएको हो ।
१ दशकदेखि नेपाली गीत/संगीतमा सक्रिय पहरीको सार्वजनिक गीतमा हिमाल राज पहरीको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको छ ।

गायक पहरीको यस अघि पनि ‘सिमसिम पानी’बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतले निक्कै चर्चा पाएको थियो ।

पछिल्लो पटक सार्वजनिक भएको लभको चक्कर बोलको गीतको म्यूजिक भिडियो काभ्रे पलाञ्चोक जिल्लाको बतासे डांडामा छायांकन गरिएको छ । म्युजिक भिडियोमा बिक्रम क्षेत्री, गायक बेग पहरी, सजना कुर्व, अनुजा मल्लले अभिनय गरेका छन् ।

केशव अधिकारीको छायांकन रहेको उक्त गीतको भिडियोमा सुनिल मोक्तानको नृत्य र प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ ।

भिडियो

http://bit.ly/2Myn3DM

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया