काठमाडौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरुवात गरेको छ । आफ्नो महत्वकांक्षी कार्यक्रम मानेको सरकारले शुक्रबार भक्तपुरबाट कार्यक्रमको सुरुवात गरिएको हो । उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओली नै उद्घाटन गरेका छन् ।
शुक्रबार भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै, उहाँले युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने काम गरेको बताए । ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रीक गणतन्त्रमा पनि केहि मुर्खहरु राजा चाहिने भन्दै वकालत गर्दै हिडिरहेको बताउनुभयो । कार्यक्रममा श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए ।
उक्त कार्यक्रमका लागि भक्तपुरका ४ वटै नगरपालिकामा २ करोड ४६ लाख रुपैयाँ बजेट छुट्याएको छ । जसमा चाँगुनारायण नगरपालिकाका लागि ४४ लाख, भक्तपुर नगरपालिकाका लागि ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि ७१ लख ७६ हजार, सूर्यविनायक नगरपालिकाका लागि ६६ लाख ३४ हजार रहेको छ ।
चार नगरपालिकामा करिब १५ सयले निवेदन दिएका छन् । सरकाले गत वर्ष फागुन १ गतेदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गरेको थियो । जसका लागि सरकारले ३ अर्ब बजेट विनियोजन गरेको थियो।

