सोमबार, बैशाख ०७, २०८३

रामेछापको खाँडादेवी गापा संघ र प्रदेश सरकारको उत्कृष्टभित्र पर्न सफल

मन्थली । संघीय राजधानी काठमाडौंबाट नजिक प्रदेश ३ रामेछापको खाँडादेवी गाउँपालिका संघीय सरकार र प्रदेश सरकारको उत्कृष्टभित्र पर्न सफल भएको छ । संघीय सरकार र प्रदेश सरकारले तयार गरेको सुचाङको आधारमा उत्कृष्टभित्र छनोट गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको सुचाङको आधारमा भौतिक पूर्वाधार, सेवा सुविधा, विकास निर्माण, न्युन बेरुजु लगायतलाई मापदण्ड बनाएर अध्ययन गरेको थियो ।

सोही आधारमा देशभरका ७५३ स्थानीय तह मध्ये खाँडादेवी गाउँपालिकाभित्र उत्कृष्टभित्र सूचिकृत भएको छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बताए ।

त्यसैगरी गाउँपालिकाले सम्पादन गरेको कामको मुल्याङकन गर्दै प्रदेश ३ को सरकारले पनि खाँडादेवी गाउँपालिकालाई उत्कृष्टभित्र राखेको खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमलि श्रेष्ठले बताईन । प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार गरेको मादण्डको आधारमा गाउँपालिकाभित्र नियम कानुन निर्माणदेखि विकास निर्माण र सेवा प्रभाव राम्रो भएको भन्दै उत्कृष्टभित्र राखेको हो । खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले प्रदेशमा खाँडादेवी गाउँपालिकाभित्र उत्कृष्टभित्र परेको सूचना प्राप्त भएको बताए ।

उत्कृष्ट हुनको लागि भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढाउनको साथै सूचना प्रविधिको अधिकतम उपयोग गरेको बताउदै सुवेदीले भने,‘कार्यविधि, नियम कानुन बनाएरजनससहभागीतामूल विकास निर्माणको काम गर्दै अनुगमन र मुल्याङकनलाई प्रभावकारी बनाएको जनाएको छ ।

सबै गतिविधिहरु सार्वजनिक सुनुवाई मार्फत पारदर्शी ढंगले समय समयमा नागकिरहरुलाई जानकारी गराए ।