शान्त पहरी,टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको नया पंजीकृत सदस्यको समयसीमा थप गरेको छ ।
आज मंगलवार एनआरएनए जापानले एक प्रेस विज्ञप्ति जारी गरी आगामी जुन १६ सम्म पंजीकृत सदस्य बन्न सकिने जानकारी गराएको छ ।
गत शनिवार जापानस्थित क्रियासिल विभिन्न संघसंस्थाको अध्यक्ष र महासचिवसहितको विशेष बैँठकबाट आएको सुझाव अनुसार समयसीमा थपेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
संघका अध्यक्ष टाशी वाङदी लामा र महासचिव बुद्दीराज घिमिरेले हस्ताक्षर गरेको सो विज्ञप्तिमा हालको सदस्य आवेदन गर्ने ग्लोवल सिस्टम सहज गर्ने सुझाव दिदै सदस्यता सहजताको लागि घुम्ति टोलि परिचालन गरिने, जुन ४ तारिक सम्मको आवेदन गर्ने समय कम भएकोले समय थप गरी जून १६ तारीख़ आइतबारसम्म सदस्यबनाउन सकिने,रेसिडेन्स कार्डको बिकल्पमा जापानको ड्राईभिङ लाईसेन्सबाट पनि आवेदन गर्न सकिने, प्रत्येक ब्यक्तिबाट आआफ्नो नाममा बैक रसिद राख्ने ब्यवस्थालाई सहज गर्दै ५ जनासम्मको एकमुष्ठ रकम दाखिला गरी रसिद राख्ने सुबिधा बनाएको विज्ञप्तिमा उल्लेख छ ।


