शुक्रबार, बैशाख ०७, २०८१

भारतमा नेपाली दुई बालक आयुष र प्रितमले चमत्कार देखाउदैँ

नयाँदिल्ली । भारतीय टेलिभिजन जी टिभीको बाल गायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्सु को २०१९ संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनल ९ टप ६० मा पर्न सफल भएका छन् ।
टप ९ का अन्य सहभागीलाई उछिन्दै दुबै फाइनलमा पुगेका हुन। उनीहरुसँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका हुन् । अब उनीहरुको फाइनल नतिजा आगामी शनिबारको पर्फर्मेन्स बाट निर्धारण हुनेछ।

प्रतियोगितामा भारतभरिका कुल २०,००० भन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै उनीहरू फाइनलको यस चरणमा पुगेका हुन्। सेमीफाइनल पर्फपमेन्समा प्रितमले सलमान खान र ऐश्वर्या राय अभिनीत फ़िल्म ‘हम दिल दे चुके सनम’ बाट इस्माइल दरबार को संगीत रहेको र केके ले गाएको ‘तड़प तड़प के इस दिलमे’ भन्ने गीत गाएका थिए भने आयुष ले ‘क्रिमिनल’ फ़िल्म को कुमार सानुले गाएको ‘तुम मिले दील खिले’ भन्ने गीत गाएका थिए।
कार्यक्रममा जजहरू गायक द्वय शान र अमाल मलिक तथा गायिका रिचा शर्मा एवं अतिथि गायकरसंगीतकार आनन्द राज आनन्द लगायत १२ जुरी मेम्बरले ठूलो प्रशंसा गर्दै दुवैलाई स्टेजमा पुगि उचालेको दृश्य आफैंमा रोमाञ्चित हुने खालको थियो।

नेपालमै २ बर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा फाइनलिस्ट मध्य एक आयुष केसी, सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा अध्ययनरत सानैबाट संगीतमा रुचि राख्ने गरेको हाल भारतको मुम्बइमा रहेको उनकी आमा रिता केसीले बताइन।

उनले संगीत सिक्न थालेको ५ वर्ष भयो। आयुषलाई सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीले संगीत सिकाएका हुन। आयुष घरका कान्छा छोरा हुन्। अहिले उनी भक्तपुरको मोर्डन स्कूलमा कक्षा ७ मा पढ्दैछन् ।