टोकियो । हिमालपारीको जिल्ला भनेर चिनिने मनाङवाट जापानमा आई बिभिन्न पेशा,ब्यवसाय र विद्यार्थीको रुपमा रहेका मनाङगेहरुको संस्था मनाङ सोसाईटी जापानको भेला सम्पन्न भएको छ ।
आईतवार टोकियोमा सम्पन्न भेलाले अध्यक्षमा कुईसाङ लामालाई चयन गरेको छ ।
पुरानो संस्थाको रुपमा स्थापित यस संस्थाले जापानमा रहेको मनाङगेहरु र समग्र नेपालीलाई साथ ,सहयोग गर्दै आएको छ ।
टोकियोमा भएको भेलाबाट तिन जनामा उपाध्यक्षहरुमा जीवन घले,राजु तेन्जेङ लामा,सोनाम लामा,सचिब २ मा नरेन्द्र घले ,ईश्वर गुरुङ्
कोषाध्यक्षमा अर्जुन विस्ट,बिजय लामा,श्रीजना घले रहेछन ।
सदस्यहरूमा केश गुरुङ्,रुप्जुङ गुरुङ्,बीज घले,ज्योति गुरुङ्,लुन घले,दावा लामा,रेजिना लामा,राम घले,मेघ घले,दीपेन्द्र गुरुङ चयन भएका छन ।

