बुधबार, बैशाख ०९, २०८३

निती स्पष्ट नहुँदा बैदेशिक लगानीकर्तामा उत्साह नदेखिएको डा.महतको टिप्पणी

इन्दिरा खनाल,टोकियो । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाश शरण महतले नेपालमा सुरक्षाको ग्यारेन्टी नहुँदा बैदेशिक लगानी भित्रन नसकेको बताउनु भएको छ ।
आईतवार टोकियो नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसंम्पर्क समिती जापान कान्तो क्षेत्रीय समितीले आयोजना गरेको अन्तर्कियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुरक्षाको निती स्पष्ट नहुँदा लगानीकर्तामा उत्साह नभएको उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकार २ तिहाई र स्थिर हुदा पनि काम गर्न नसकेको टिप्पणी गर्दै सरकार काम भन्दा गफ बढी गरेर जनतालाई आश्वासन बाढ्नमै व्यस्त भएको आरोप समेत लगाउनुभयो ।

डा. महतले वर्तमान सरकारसंग थुप्रै अवसर भएको र जनताले ठुलो अपेक्क्षा गरेकाले सरकारले जनताको भावनाअनुसार कामगर्नु पर्नेमा २ तिहाईको अहमता देखाएर जनतालाई निरास बनाएको उल्लेख गर्नुभयो ।

सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा राखेर मात्र देश समृद्ध नहुनेभएकोले नेपाली जनताले महसुस गर्ने गरी समृद्धी ल्याउन सुझाव दिनुभयो । पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका डा. महतले सरकार नितीमुखी नभई व्यक्तीमुखी भएर काम गरेकाले देशमा आर्थिक बृद्धिदर बढ्न नसकेको बताउनुभयो । उहाँले देशमा भष्टचार मौलाएको संकेत गर्दै सरकार भष्टचार नियन्त्रणमा उदासिनता देखिएको बताउनुभयो ।
डा.महत जी-२० को कार्यक्रमको परिवेक्षकको रुपमा एक साता भ्रमन क्रममा जापान आउनु भएको थियो ।
नेपाली जनसंम्पर्क समिती कान्तोका अध्यक्ष एकेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनिनीक दलका नेता तथा कार्यकर्ता, सामाजिक अगुवा पत्रकार र विध्याथीहरु उपस्थित भएका थिए ।

तस्विर : दुर्गाप्रसाद आचार्य/टोकियो