सोमबार, बैशाख ०७, २०८३

बहु-प्रतिभाकी धनी “काउली बुढी”को रियल र कलाकारिता जीवन

काठमाडौँ । कला र गलाको धनी सन्ध्या बुढा “काउली बुढी” एक ट्यालेन्ट युवती हुन् उनि एक युवती भएर पनि धेरै कला उनमा रहेको छ बुढी बन्न सजिलो छैन हसाउन तर उनलाई उनको कलाले सजिलो भएको छ ।
काउली बुढीको रियल जीवन र कलाकारिता जीवन अर्थात काउली बुढी जीवनमा धेरै अन्तर छ कलाकार काउली बुढीको रुपमा आउदा उनि बुढी भेषमा आउछिन ! दोस्रो नेपाल आइडलबाट भाइरल भएकी सन्ध्या बुढा त्यसपछि उनि निरन्तर मागहरु उनलाई राम्रो आइरहेको छ ।

धेरैले उनको यो प्रतिभा अद्भुत र लुकेको कला भनेर प्रशंसा गरेका छन् तर उनी एक्कासी लोकप्रिय भने भएकी होइनन् । उनलाई धेरैले लोक गायिका भनेर चिन्छन् भने केहीले कार्यक्रम सञ्चालिका। ‘काउली बुढी’ बनेर सन्ध्याले यसअघि नै यु ट्युबमा ‘काउली बुढी शो’ सञ्चालन गरिसकेकी छिन् । सुर्खेतकी २२ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या लोक गायिका हुन् । उनको आवजमा दुई दर्जन भन्दा बढी लोकदोहोरी गीत गाईसकेकी छिन् भने केही गीतमा आफैले मोडलिङ समेत गरेकी छिन् ।

‘बर्खा लायो असिनाको झरी, ‘कि भुल्यौ र , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिई सकेकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी हुन् । कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन् ।युट्युब कार्यक्रम निर्माणको क्रममा ‘काउली बुढी शो’ को कन्सेप्टबाट उनी युट्युबमा कार्यक्रम देखा परिन् । उनको शोलाई दर्शकले खुबै रुचाए । देशका विभिन्न भागमा भएका ‘स्टेज शो’ हरुसमेत सञ्चालन गर्दै आएकी छन् ।

नेपाल आइडलको अडिसनमा ‘काउली बूढी’का रूपमा देखापरिन, सुर्खेतकी सन्ध्या बुढा । राम्रो गीत गाएर उनले निर्णायकको मात्र होइन, दर्शकको समेत मन जितिन् । युट्युबमा ‘काउली बूढी सो’ चलाउँदै आएकी सन्ध्याको चर्चा चुलिएको छ ।

सानैदेखि एकदमै दुःखी गर्दै संघर्ष गरेर गीत गाउनकै लागि यो क्षेत्रमा आएकी सन्ध्याको पहिलो प्राथमिकता गायन नै रोजेकी छिन् । गीत गाउन कहिल्यै छाड्दिनँ। काउली बूढीलाई पनि कहिल्यै छाड्दिनँ एक दिन गायिका भएर काउली बूढीको जस्तै चर्चा बटुल्ने रहर रहेको बताएकी छिन ।