बिहिबार, असार ११, २०८३

जापानमा स्वचालित ट्रेन दुर्घटना,२० जना घाईते ३ को अवस्था गम्भीर

योकोहामा । जापानको राजधानी नजिक रहेको ठुलो शहर योकोहोमाको समुद्र किनारा संचालित एक स्वचालित ट्रेन दुर्घटना भएको छ ।
शनिवार साँझ गलत दिशामा जादाँ सो ट्रेन दुर्घटना भएको हो ।
दुर्घटनामा २० यात्रु घाईते भएको छन भने ३ जना गम्भीर घाईते भएका छन । स्थानीय फायर विभागले जनाए अनुसार ट्रेन साँझ ८:१५ बजे शिन-सुगीता स्टेशनमा दुर्घटना भएको जनाएको छ ।

दुर्घटनामा घाईतेहरूको १५ अस्पतालहरूमा भर्ना गरिएको जनाएको छ,५ जना सामान्य उपचारपछि घर फर्केका छन ।

सो रेल योकोहामाको शिन-सुगीता र कानाजवा-हक्केइ जोडेर ११ किलोमिटर स्वतन्त्र मार्गवे ट्रान्जिट प्रणालीमा चल्ने गर्दछ ।
@जापान टुडे,तस्विर क्यूदो