बिहिबार, असार ११, २०८३

एनआरएनए जापानको संयुक्त बैठक,सदस्यताको लागि समय थप गर्न सुझाव

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले टोकियोमा विभिन्न संघसंस्थाका नेतृत्वसंग संयुक्त बैटक सम्पन्न गरेको छ ।

आज शनिवार एनआरएनए जापानले जापानस्थित क्रियासिल विभिन्न संघसंस्थाको अध्यक्ष र महासचिवसहितलाई आमन्त्रण गर्दै बिशेष बैँठक सम्पन्न गरेको हो ।

संघका अध्यक्ष टाशी वाङदी लामाको अध्यक्षतामा बसेको बैटकमा बैठकमा संघ संस्थाको नेतृत्वको तर्फबाट क्रमश धादिङ समाजका अध्यक्ष कृष्ण खनाल र महासचिव बिमल श्रेष्ठ ,स्याङजा समाजका अध्यक्ष सागर मणि भण्डारी,गुल्मि समाजका अध्यक्ष सालिकराम भण्डारी,अर्घाखॉची समाजका अध्यक्ष नेत्र बिष्ठ,रुपन्देही समाजका अध्यक्ष ईन्द्र बहादुर केसी,गोरखा समाजका अध्यक्ष चुडामणी भट्टराई,संरक्षक भरत वस्ती,तमुधी जापानका सचिव सुमन गुरुङ,अन्तराष्ट्रिय नेपाली समाजका महासचिव प्रकास केसी,चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ,एनबियका अध्यक्ष बिजय थकाली ,पर्वत समाजका अध्यक्ष सुजन जोशी,तमुधी जापानका संरक्षक श्री गुरुङ,मोना जापानका प्रवक्ता ईन्दिरा गर्वुजा,पर्वत समाजका महासचिव जनक सुवेदी, जनसंपर्क समीति जापानका प्रवक्ता सुरेश गिरी लगाएतको यपस्थित रहेको थियो ।

सो बैठकले देहाय बमोजिम बिँषयमा छलफल सहित निर्णय गरेको छ। हालको सदस्य आवेदन गर्ने ग्लोवल सिस्टम सहज गर्ने सुझाव दिदै सदस्यता सहजताको लागि घुम्ति टोलि परिचालन गर्नु पर्ने,अहिलेको जुन ४ तारिक सम्मको आवेदन गर्ने समय कम भएकोले समय थप गर्ने समेत सुझाव दिदै रेसिडेन्स कार्डको बिकल्पमा जापानको ड्राईभिङ लाईसेन्सबाट पनि आवेदन गर्न सकिने ब्यवस्था गर्न सुझाव दिएको छ

साथै प्रत्येक ब्यक्तिबाट आआफ्नो नाममा बैक रसिद राख्ने ब्यवस्था लाई सहज गर्दै ५-६ जनाको एकमुष्ठ रकम दाखिला गरी रसिद राख्ने सुबिधा हुनु पर्ने सुझाव दिनु भयो । माथि उल्लेखित सुझावलाई रासप जापान ले सकारात्मक रुपमा लिदै तत्काल समितिको बैठक बस्दै संघ संस्थाका अध्यक्ष बाट प्राप्त सुझान निर्णय गरिने बैठकमा जानकारी गरिएको महासचिव बुद्घि राज घिमिरेले जानकारी दिनु भयो ।

संघसंस्थाका आआफ्नो संस्थामा सहित जापानवासी नेपालीहरुलाई अपिल गर्ने समेत अध्यक्षहरुले जानकारी गराउनु भयो ।