बुधबार, बैशाख ०९, २०८३

दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदीको सपथ ग्रहन

नयाँदिल्ली । भारतीय जनात पार्टीका नेता नरेन्द्र मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । उनलाई त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दले बिहीबार प्रधानमन्त्री पदको सपथ खुवाएका हुन् ।

त्यस्तै भाजपा अध्यक्ष अमित शाह, नेता राजनाथसिंह, रामविलास पासवान, निर्मला सितारामण, चन्दनकुमार लगायतले केन्द्रीय मन्त्रीको सपथ लिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्याकालका लागि पद तथा गोपनियताको सपथ लिएका छन्।

मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि नयाँदिल्ली पुगेका छन्। सपथ ग्रहणका लागि मोदीले विम्स्टेक राष्ट्रका सरकार र राष्ट्रप्रमुखलाई निम्तो पठाएका थिए।