टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले आफ्ना पुराना पंजिकृत सदस्यहरुलाई पनि ग्लोवल मेनेज्मेन्ट अफ इम्फरमेसन सिस्टममा गई नयाँ सदस्यता लिनका लागि अनुरोध गरेको छ ।
में १ तारिखबाट खुल्ला गरेको सदस्यता आवेदन दिने म्याद आगामी जुन ४ तारिखसम्म तोकिएको छ । यो बिचमा समय सकिनै गर्दा पनि अधिकाँश पुराना पंजिकृत सदस्यहरुमा, पहिलेकै कार्ड नविकरण हुन्छ भन्ने भ्रममा रहेकाले एनआरएनए जापानले एक विज्ञप्ती जारी गर्दै सबैले हाल अवलम्बन गरिएको ग्लोवल मेनेज्मेन्ट अफ इम्फरमेसन सिस्टम अनुसार सदस्यता आवेदन दिनुपर्ने जानकारी गराएको हो ।
एनआरएनए जापानका महासचिब बुद्दीराज घिमिरेका अनुसार साविकका पंजिकृत सदस्यहरुमा पर्न गएको असुविधा प्रति क्षमा मागेर यस पटक फेरि सबैले ग्लोवल मेनेज्मेन्ट अफ इम्फरमेसन सिस्टम अनुसारनै फारम भरिदिनहुन अनुरोध गरेको छ ।
त्यस्तै गैरआवासीय नेपाली संघ जापानले एक महिनाको लागि नयाँ सदस्यताको खुलाएको अन्तिम समय नयाँ सदस्य फारम नभरेकोले एक विज्ञप्तीमार्फत अनुरोध गरिएको उपाध्यक्ष शिवप्रसाद पौडेल बताउदैं सम्पूर्ण जापानवासी नेपालीलाई नयाँ सदस्यको फारम भर्न अनुरोध गरेको छ ।
अघिल्लो पटक एप्सको प्रयोग गरी सदस्यता लिनुभएका पंजिकृत सदस्यहरुलाई झण्झटिलो त बनाएको छ, तर यस पटक भरेको फारमले अर्को पटकदेखि नविकरण गर्न मिल्नेछ र फेरि फेरि यस्तो झण्झट आई नपर्ने संघका अध्यक्ष टाशी वांग्दी लामाले बताउनु भयो ।

