Nepali date


आइतवार, मंसिर २९, २०७६

नेपालको प्रेस स्वतन्त्रका मुद्धामा पत्रकार महासंघ

मीरा राजभण्डारी अमात्य
माहौल विश्व प्रेस स्वतन्त्रता दिवस संसार चरका पत्रकार र पत्रकारिता संग संवद्ध संगठनहरुले मनाई थकाई मार्दैको । निरन्तर पैरवि र व्यापक आन्दोलन पश्चात पत्रकार जितेन्द्र मर्हजन निरंकुश ताना शाही सरकारको पँजा बाट मुक्त हुन सफल भएका छन् । समाचार लेखेकै कारण थुनिएका पत्रकार जितेन्द्रलाई सर्वाच्च अदालते थुना मुक्त गर्न आदेश दिएता पनि अदालत परिशर बाटै प्रहरीले पुन पक्राउ गरेको थियो ।
यस अघि कहिले राजु बस्नेत त कहिले अर्जुन गीरी लगायतका पत्रकार माथि राज्य सरकारले बारम्बार थुनामा राखी प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको धज्जी उउाउदै आएको छ । आफनो अनुकुल अभिव्यत्ति परेमा राज्यको चौथो अंगको विल्ला भिडाएर प्रशंसा गर्ने र प्रतिकुल अभिव्यक्ति आएमा कुनै न कुनै बहानमा प्रेस माथि आक्रमण र दमन गरी रहने सरकारको यो दोहोरो नीति पत्रकारिता क्षेत्रका लागि नौलो विषय भने पक्कै होइन । विश्व प्रेस स्वतन्त्रता दिवसको संघारैमा राज्यले प्रेस माथि गरेको त्यो दमनको निन्दा र आलोचना जति गरे पनि पुग्दैन । तर हेक्का राख्नै पर्ने तथ्य चाहि केहो भने १०४ वर्षे राणा शासन र ३० वर्षे पंचायती व्यवस्थाले गलाउन नसकेको नेपाली प्रेसलाई सत्र वर्षे प्रजातन्त्र र १३ वर्षे वहुलवादी लोकतन्त्रले का हिमायतिले निमित्यान्न पार्ने दिवा स्वप्न नदेख्दा वेस, अन्यथा विश्व इतिहास साछी छ, जव जव प्रेस माथि राज्य निरंकुश बन्यो तव तव मैहुं भन्ने राज्य शत्ताको जग निर्मुल बनेको पढ्न र सुन्नमा आएको छ ।

विश्व जगतमा न्याय समानता विधिको शासन र पारदार्शिता लगायतका सुशासनका आधार बिन्दुहरु लाई सन्तुलनमा राख्न यस वर्ष पनि २६औं विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनायो । छव्विसौं विश्व प्रेस स्वतन्त्रता दिवसको नारा “लोकतन्त्रका लागि मिडियाः सुचना विहिनको अवस्थामा निर्वाचन र पत्रकारिता ” रहेको युनेस्कोले घोषण गरेको छ । तर नेपालको पत्रकारिता बजारको माहौल भने पत्रकार अजुर्न गिरी तथा जितेन्द्र मर्हजन लगायतका पत्रकारहरुले समाचार लेखेकै आधारमा बारम्बार जघन्य अपराधी सरह जेल नेल भोग्नु परेको घटनाले निरास र आन्दोलित रहेको अवस्थामा गुज्रिदै छ ।
नेपाली पत्रकारिता जगतको बजार अहिले राज्य सत्ताको निरंकुसताले शसंकित बनेको त छ नै आम जनमानसमा समेत पत्रकारिता प्रतिको राज्यको रवैया र आम जनताको सुचनाको हकलाई कुण्ठित पार्ने गरी गरिएको अस्वस्थ प्रतिस्पर्धा बाट उदासीनता र वितृष्णा जागेको छ ।
प्रेस स्वतन्त्रता राज्यको नजरमा “युज एण्ड थ्रो”
पत्रकारिताको इतिहास ले संसारको जुनसुकै देशको पत्रकारिताको सुरुवात पनि राजनैतिक घटनाक्रम संग गांसिएको बुझाउंछ । चाहे त्यो ‘एक्टा डियोनार्’ को प्रारम्भ होस वा नेपालको गोरखा पत्रको शुरुवात । अमुक शासन व्यवस्था टिकाउन वा नयाँ शासन व्यवस्था हुर्काउन पत्रकारिता लाई निर्वाध रुपमा प्रयोग राज्य र गैर राज्य दुवै व्यवस्थाले प्रयोग गर्ने गरेको कथित पत्रकारिताको इतिहास बताउंछ । तर कुनै शासन व्यवस्थाको चरम सफलताको काल खण्ड पश्चात भने शासक वर्गले यही पत्रकारितालाई “युज एण्ड थ्रो” अर्थात प्रयोग गर र फालको नीति अवलम्बन गर्ने गरेको व्यवहारिक इतिहास वारम्बार देखिने गरेको छ विश्वको पत्रकारिताको बजारमा । टयाक्कै भन्नु पर्दा अहिले नेपाली पत्रकारिताले खपी रहेको कथा व्यथा यस्तै छ र्। “युज एण्ड थ्रो” अर्थात प्रयोग गर र फालको नीति ।
नेपालमा १०७ वर्षको राणकालीन निरंकुस इतिहासलाई अन्तीम विन्दुमा पु¥याउन जहां शहीदको रगतले सिंचित गर्र्नेे काम ग¥यो त्यति नै नेपाली पत्रकारिता जगतले आम जनमानसलाई सचेत गराउने र उनीहरुमा जागरण ल्याई नेपाली मानस पटलभित्रको सुशुस्प्त अवस्थामा रहेको चेतनामा प्याराडाईम शिफट् ल्याउने काम गरेको थियो, सुव्वा कृष्ण लालहरुका मकै को खेति जस्ता लेखन कृतिहरु बाट ।
विक्रम संवत २०१७ सालमा कु गरी राजतन्त्रले प्रजातन्त्र लाई निमोठ्ने काम गरे पश्चात पनि स्वस्र्फुत रुपमा प्रजातन्त्र पुर्नबहालीका लागि जेहाड छेडेको नेपाली पत्रकारिताले तीस वर्षे निरंकुश राजतन्त्र को अन्त गराई लोकतन्त्रको स्थापनाको मजवुत जग बसाल्न गरेको एतिहासिक योगदानलाई हालको सर्वसत्तासिन दलहरुले कत्तिको मनन् गरेको छ कुन्नि । अझ माघ उन्नाइस पश्चात प्रत्यक्ष शाही शासन कालमा पत्रकारितालाई निमोठने असफल प्रयाशलाई किनारा लगाउने र नेपाल राज्यको शासन व्यवस्थामा आम नेपाली नागरीकको पहुंचमा पु¥याउन रगत पसिना एक गरेका पत्रकार र पत्रकारिता जमातको गुण अहिले राज्यका सत्तासिन वर्गले चट्टक्कै विर्सेको छ ।
त्यसैले त अमुक राजनैतिक आस्थाको आधारमा पत्रकारिता गर्ने र नीतगत तहमा रहेका व्यक्ति विशेषले गरेका अर्कमन्यताका विरुद्ध कलम चलाएका पत्रकारहरुलाई राज्य सत्ताबाट स्यावासी र वाहवाही पाउनुको सट्टा कुनै जघन्य अपराध गरेका अपराधी झै हतकडी सहित जेल जानु पर्ने दुरावस्था पत्रकार जितेन्द्र र अर्जुन गिरीहरुले भोगी रहेका यर्थाथ हुन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस विगत र वर्तमान
विश्वका पत्रकारहरुको भौतिक शुरक्षा, हत्या गरिएका पत्रकारका लागि क्षतिपुर्ति तथा पत्रकारका व्यावशायिक विकासका लागि अफ्रिकाको नामीबियामा भएको विण्डहक घोषणा मार्फत हरेक वर्षको मे महिनाको ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने परम्पराको शुरुवाट भएको हो ।
विश्व पत्रकारिता जगतमा प्रेस स्वतन्त्रता र पत्रकारका भौतिक शुरक्षालाई विश्लेष गर्ने हो भने पनि यसको लगत कहाली लाग्दो छ । सन् २०१९ को सुरुवाती दिन देखि हाल सम्म पत्रकार हत्याको संख्या चार पुगेको छ । कमिटी टु प्रोटेक्ट जोर्नाष्टिको डाटा ब्यांकले सन् १९९२ देखि हाल सम्म १३ सय उनन्चालीस जना पत्रकारले सहादत प्राप्त विवरण उल्लेख छ । छिमेकि देश भारतमा सन्र १९९२ देख हाल सम्म पचास पत्रकारको हत्या भइ सकेको छ भने ३५ जना माथि हत्या गर्ने उद्येश्यले आक्रमण भएको तथ्य सार्वजनिक गरेको छ । विगतका वर्षहरुमा भारतका पत्रकार अच्युतानन्द साहु सन्दीप शर्मा, नबीन निश्चल, सिरियाका अब्दुल रहमान, यमानका अबदुल्लाह अलकर्दी ब्राजिलका जेर्फसन पुरेजा लगायत चौध पत्रकारहर लगायतका होनहार पत्रकारहरु गुमाउको थियो । विश्व पत्रकारिता जगतका लागि नपुरिने पत्रकारहरुको यो क्षति कहिले नपुरिने घाउ बनेको छ । त्यस्तै यस वर्ष २०१९ मा मात्र विश्वका ६० पत्रकारकार हरु बेपत्ताको स्थितिमा रहेको पुष्टि भएको छ । इरित्रिया, उत्तरी कोरिया,साउदी अरेयिबा,इथोपिया,अजरबैजन,भियतनाम,इरान, चीन, म्यानमार र क्युवा लगायतका राष्ट्रहरुमा प्रेसमाथि सेन्सर लगाइएको छ । यस हिसावमा ति देशहरुमा प्रेस स्वतन्त्रता माथि पुर्णत बन्देज छ । यस वर्षमात्र २५९ जना पत्रकारहरु विभिन्न बहानामा जेल परेका छन् । नेपालको सन्र्भमा गत वर्ष २०७५को अन्तीम महिना चैत सम्ममा पत्रकार मनोहर ढकालको हत्या सहीत ६० वटा प्रेस स्वतन्त्रता हननका घटना घटेको नेपाल पत्रकार महास्.घको अभिलेखमा उल्लेख छ । जसमा पत्रकारको गिरफतारी, बेपत्ता, कब्जा धम्की आक्रमण र र्दुव्यबहार लगायतका घटनाले संख्याले बढि प्राथमिकता पाएको थियो । नेपाल पत्रकार महासंघको वार्षिक प्रतिवेदनले २०५२ साल देखि २०७५ साल बैशाख सम्ममा ३ हजार ७ सय सोह« वटा प्रेस स्वतन्त्रता हनन्का घटना उल्लेख गरेको छ । जसमा पत्रकार हत्याको संख्या मात्रै पनि ३६ थियो । हाल सम्म नेपालले सशस्त्र द्धन्दको दौरान र त्यसपछि का समयान्तरमा ३७ होनहार पत्रकारका हत्याका फेहरष्टिलाई व्यहोर्नु परेको छ भने ५ जना बेपत्ता पत्रकारहरुको फेहरिष्ट पनि आफनो हिसावमा समाहित गर्नु परेको छ । तर शाही बर्बर्तााको युग देखि प्रजातन्त्र पुःन स्थापन हुंदै दश वर्षे द्धन्दका मारमा आफनो पेशा बाट नै विलय हुन परेका पत्रकारका संख्या कति छन् त्यसको लगत पत्रकार महासंघ संग पनि छैन ।
प्रेस स्वतन्त्रताको जेहादमा नेपाल पत्रकार महासंघ
यस वर्ष को २६औं विश्व प्रेस स्वतन्त्रता दिवस संसार भरीका पत्रकार तथा उनीहरुका सरोकारवाला संगठनले विभिन्न कार्यक्रका साथ मनायो । “लोकतन्त्रका लागि मिडियाः सुचना विहिनको अवस्थामा निर्वाचन र पत्रकारिता ” को नारा सहित युनेस्को तथा गणतन्त्र घानाले घानाको आक्रामा मे २ र ३ मा मनायो । नेपालमा नेपाल पत्रकार महासंघले पनि विविध कार्यक्रम को आयोजना गर्दै विश्व प्रेस स्वतन्त्रता दिवस मनायो । नेपाल पत्रकार महासंघले यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस कै लहरमा पत्रकार जितेन्द्र महर्जन लगायत अन्यायमा परेका पत्रकारहरुको पैरवी, विद्युतिय कारोवार ऐनको दफा ४७ र दफा ४८ को खारेजीको माग, मानव अधिकार आयोगको प्रस्तावित विधयकमा आयोगको अधिकार माथि प्रभाव पार्ने प्रावधान विरुद्धमा पैरवी गर्दै राष्ट्रिय मानव अधिकार आयोगको अधिकारलाई मजवुत र सशक्त बनाउन आयोगलाई थप स्वायत्त र अधिकार सम्पन्न गराउने गरी कानुनमा संसोधन गर्न माग पैरवीे तथा मुलुकि संहिता ऐन सहित संसदमा विचाराधिन अवस्थामा रहेका तथा सरकारले मस्यौदा गरी रहेका प्रेस सम्बन्धि कानूनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग पैरवी सहित विभिन्न कार्यक्रमको आयोजनामा केन्द्रित गरेको छ । त्यस्तै मिडिया काउन्सीलले प्रेस स्वत्नत्रता मा ल्याउने विचलनको विरुद्ध अहिले जेहाड छेड्ने क्रम निरन्तर जारी छ ।
विक्रम संवत २०१२ सालमा नेपाल पत्रकार संघ हुंदै नेपाल पत्रकार महासंघमा रुपान्तरित यो विशुद्ध पत्रकारहरुको छाता संगठनले पत्रकारका हकहीतको संरक्षण गर्ने, पत्रकारको व्यावशायिक क्षमता अभिवद्धि गर्ने र राज्य र सरोकारवाला निकाय बाट भए गरेका अन्यायका विरुद्ध पैरवीगर्ने कामलाई निरन्तरता दिई रहेको छ । भलै पत्रकारिताको बजारमा उठेका बढेका माग लाई पुर्ण रुपमा संबोधन गर्न महासघंका आर्थिक श्रोत र मानव संसाधनको पर्याप्तताका कमी कमजोरीलाई भने नजरअन्दाज गर्न मिल्ने अवस्था छैन । तर उजुरी परेका पत्रकारका मुद्धामा नेपाल पत्रकार महासंघले किनारा लगाउने कार्यलाई निरन्तरा दिने गरेको छ भन्दा फरक नर्पला । पत्रकारलाई पारिश्रािक नदिने र रोजगारी बाट वंचितिकरण गर्न खोज्ने केही मिडिया हाउसहरुमा ताला बन्दी गरी पत्रकारलाई न्याय दिलाउने जस्ता सकारात्मक काम महासंघ बाट भएको छ । यस वर्ष कास्कीका पत्रकार सम्पादक( ताण्डव न्युज डटकम) अर्जुन गीरी तथा सम्पादक जितेन्द्र महर्जन माथि गरिएको अमानविय घटनाका विरुद्धमा महासंले व्यापक आन्दोलन गरी पत्रकारको लेख्न पाउने स्वतन्त्रताको रक्षा गरेको छ ।
विगतमा पदम ठकुराठी जस्ता कर्मठ पत्रकारहरुले आफना जीवन दाउमा लगाएर रक्षा गरेको प्रेस स्वतन्त्रतालाई पत्रकार महासंघे निरन्तरता दिने काम गरी रहेको छ । विशेष पत्रकार महासंघले पत्रकार माथि हुने भौतिक आक्रमण, पाश्रिमकि माथिको विभेद श्रमजीवि पत्रकारका अन्य हक हीतका विषयमा स्वस्फुर्त रुपमा आवाज बुलन्द गर्ने कामलाई निरन्तरता दिई रहेको छ । प्रेस स्वतन्त्रतालाई प्रत्याभुति दिलाउन विभिन्न व्यावशायिक तालिम पुरस्कार प्रोत्सहानका पक्षलाई केही हद सम्म महासंघले समेटेको छ । तर प्रेस स्वतन्त्रताकौ लागि आवश्यक वर्तमानमा माग रहेका आवश्यक नीतिहरु बन्न र कार्यान्वयन हुन अझै नसकेको अवस्था पनि छ । जसका लागि नेपाल पत्रकार महासंघले क्षेत्रका विज्ञहरु संग आवश्यक परामर्श को अपेक्षा गरेको छ ।
निष्कर्ष
पत्रकारिताको धर्म सुशासन र पारदर्शिताका लागि आम जनताबाट उठेका आवाजलाई राज्य समक्ष पु¥याउनु हो र राज्य र सार्वजनिक निकाय बाट भए गरिएका कार्यलाई आम जनता सम्म सुसुचित गराउनु पनि पत्रकारिताको कर्तव्य हो ।
तर स्वतन्त्र प्रेसका नाममा आम जनमानसले प्रेसले गर्ने अविवेकसिल कार्य बाट भोग्न परेका समस्या र त्यसैका कारण प्रेस माथि हुने आक्रमण र प्रेस माथिको खस्किंदो विश्वासलाई यदी नजर अन्दाज गर्ने होे प्रेस स्वतन्त्रता र सुचनाको हक प्रत्याभुति फितलो हुने वास्तविकतामा पनि पत्रकार जगत स्वयं सचेत हुन आवश्यक छ । थप पत्रकार महासंघ नेपालका तेह् हजार पत्रकारका अभिभावक संगठन भएकै कारण पत्रकारिता क्षेत्रको गुणस्तर कायम गरी प्रेस तथा पत्रकारिता प्रतिको मर्यादा र साख बढाउनका लागि आवश्यक कार्यक्रमको तर्जुमा गर्न तथा सोका लागि आवश्यक नीति निमार्ण तथा कार्यान्वयनका लागि नेपाल सरकार तथा संचारगृह लगायत सरोकार वाला निकाय वीच गर्दै आएको सहजीकरणको कार्यलाई अझै सशक्त रुपमा अघि बढ्न आवश्यक छ ।
@ केन्द्रिय सदस्य – लेखा समिति
नेपाल पत्रकार महासंघ

फेसबुकबाट तपाइको प्रतिक्रिया