बुधबार, बैशाख ०९, २०८३

काठमाडौंको गागलफेदीस्थित बिजुलीको ट्रान्सफर्मरमा चितुवा मृत फेला

काठमाडौं । काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका–१, गागलफेदीमा चितुवा मृत फेला परेको छ । नजिकैको ईश्वरी सामूदायिक वनबाट आएको चितुवा बिजुलीको ट्रान्सफर्मरमा मृत फेला परेको हो ।

गोकर्ण सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत अरूण गुप्ताले चितुवा करेन्ट लागेर मरेको स्पष्ट पारेका छन् ।

गुप्ताको टोलीले मृत चितुवालाई ल्याएर गोकर्णको जंगलमा गाडेको छ । सहायक वन अधिकृत गुप्ताले ट्रान्सफर्मरको फेदमा माटो भरेकाले चितुवा माथि चढेको बताए ।