टोकियो । नेपाल जापान युथ क्लव जापानको आयोजनामा मानव जिवनमा महत्वपूर्ण रहेको रक्तदान जिवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष लेलिन भट्टचनका अनुसार ६२ जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदान गर्ने रक्तदाताहरुको स्वास्थ्य रिपोर्ट रेडक्रश सोसाईटिले चेकजॉच पछि सम्बन्धित सबै रक्तदाताको घरमानै पुर्याईदिने आयोजकले जानकारी दिएको छ ।
नेपालीहरु धेरै बसोबास गर्ने टोकियोको सिन्जुकु वार्डको वाकामाचु खावादा स्थित जापान रेडक्रश सोसाईटिको भवनमा आईतबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
हरेक बर्ष युथ क्लबले आयोजना गर्ने रक्तदान कार्यक्रमलाई प्रभावकरी बनाउन विशेष सहयोग गर्नु भएका वाईफेरी सरीता गुरुङ सहित रक्तदाता, जापान रेडक्रश सोसाईटिका प्राविधिक सहित सबै सहयोगिलाई युथ क्वबले आभार ब्यक्त गरेको छ ।



