Nepali date


मङ्लबार, भदौ ३, २०७६

लेखानी समाज जापान गठन,अध्यक्षमा हरीप्रसाद कंडेल

टोकियो । बिभिन्न पेशा,ब्यवसाय र विद्यार्थीको रुपमा रहेका बाग्लुङको लेखानीबाशिको टोकियोमा भएको भेलाबाट लेखानी समाज जापान गठन भएको छ ।

बाग्लुङको काठेखोला गाउँपालिका -८ लेखानीको समृद्धिकालागी परदेशमा रहेर पनि हातेमालो गर्ने उद्देस्यले हरी प्रसाद कंडेलको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिती चयन गरिएको छ । समितिको उपाध्यक्षमा होम श्रीस र श्याम कंडेल, सचिबमा प्रेम सागर गौतम सह-सचिबमा दीपक कंडेल(सफल ) कोषाध्यक्षमा खगराज कंडेल सह-कोषाध्यक्षमा राम प्रसाद कंडेल रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा शिव प्रसाद कंडेल, तेज कंडेल ,मनु थापा ,तुलसीराम कंडेल ,गोपाल के सी, गणेश कंडेल ,हेमन्त क्षेत्री र ज्ञानेन्द्र श्रीस रहेका छन् । त्यस्तै लिलाधर कंडेललाई संरक्षक तथा देबिलाल कंडेल, टोप श्रीस र धर्म गौतमलाई सल्लाहकारमा चयन गरेको छ। भने सह-सचिब दीपक कंडेल (सफल )लाई प्रवक्ताको जिम्मेवारि दिईएको पनि जनाइएको छ ।

समाजको बिधि बिधान तथा बैंक खाता संचालन लगायतका बिषयमा समेत निर्णय भैसकेको प्रवक्ता कंडेलले बताउनुभयो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया