मङ्गलबार, असोज २७, २०८३

नेवा: फोरम जापानद्वारा टोकियोमा २५६३औं बुद्ध जयन्ती समारोह सम्पन्न

टोकियो । शनिवार टोकियोको हाचिओउजीमा अवस्थित “जिन्तोउईन (禅東院)बिहारमा २५६३ औं बुद्ध जयन्ती समारोह कार्यक्रम सम्पन्न गरेको छ ।
नेवा: अन्तर्राष्ट्रिय फोरम जापानद्वारा आयोजित सो समारोहमा बुद्ध, बुद्धको ज्ञान र बुद्धको जन्मस्थल लुम्बिनीको बारे जापानमा पनि चर्चा गर्ने उद्देश्यले स्थापनाकाल देखि हरेक वर्ष बुद्ध जयन्ती आयोजना गर्दै आएको छ ।

नेपाल, जापान र श्रीलंकाको भिक्षुहरूको उपस्थितिमा बुद्धको पुजा साथमा बुद्धको स्लोकहरू पाठ गरिएको थियो ।

कार्यक्रमको सुरूवात आयोजक संस्थाका संस्थापक अध्यक्ष माधव नारायण मानन्धर र पुर्व अध्यक्ष बिगेन्द्रमान सिंह प्रधान ले पानसमा दीप बालेर गर्नुभएको थियो । त्यसपछी भगवान बुद्धलाई संस्थाकी पुर्व अध्यक्ष तथा बुद्ध जयन्ती आयोजनाको निम्ति बिहार सँग समन्वयन गर्नुहुने ज्ञानु खातो मानन्धरले पुष्प अर्पण गर्नुभएको थियो ।बिहारको प्रमुख भिक्षु ओओईसी ताकाहिरोको स्वागत मन्तव्य दिनुभएको थियो ।

भिक्षु ओओईसीले हजारौं वर्ष अगाडी कोरिया र चाईना हुँदै जापानमा बुद्ध धर्म प्रवेश गरेको र जापानमा बुद्ध धर्मालम्बीहरू धेरै रहेको बताउनुभयो। धेरै जापानिहरूलाई बुद्धको जन्म स्थल लुम्बिनी नेपालमा रहेको थाहा नभएको र थाहा पाउनेहरू जीवनमा एकचोटी त्यहाँ पुग्ने ईच्छ्याउने व्यक्तिहरू धेरै छन् भन्नुभयो । साथै बुद्धको जन्मभुमि नेपालबाट आउनु भएको तपाईहरूलाई भेट्दा एकदम खुशी लागेको छ र बुद्ध जयन्ती मनाउन हाम्रो बिहार रोज्नुभएको मा धन्यवाद पनि दिनुभयो ।

त्यसै गरी आयोजक संस्था नेवा: अन्तराष्ट्रिय फोरम जापानको अध्यक्ष दीपरत्न शाक्यले पनि व्यस्तताको वावजुद पनि शान्तिको प्रतिक बुद्धको जयन्ती मनाउन आउनुहुने उपासक, उपासिका तथा अन्य महानुभवहरूलाई स्वागत गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस पछी बिधिवद पुजा सुरू गरिएको थियो । श्रीलंकाका थेराबाद भिक्षु सुमनसारले बुद्धको स्लोक पाठ गर्नुभएको थियो र उपस्थित सबैले उहाँको अनुसरण गर्दै पाठ गरेका थिए । साथै उपस्थित सबैको सुख र शान्तिको लागि ,विश्वको शान्तिको लागि कामना गर्नुभएको थियो । भिक्षु सुमनसारले मानवियताको लागि,विश्व शान्तिको लागि बुद्धको मार्ग दर्शन संसारकै उत्कृष्ट दर्शन भएको प्रष्ट्याउनुभयो । कार्यक्रम अन्तमा अपस्थित आगन्तुकहरूले भिक्षुहरूलाई भिक्षा दान पनि गरिएको थियो ।
बुद्ध जयन्तीलाई सफल बनाउन उपस्थित सबैलाई बिषेश धन्यवाद दिदै यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने व्यक्तिहरू, अन्य संघ सस्थाको प्रतिनिधीहरू, व्यापारिक संस्थाहरूलाई आयोजक संस्थाको महासचिव शिव तण्डुकारले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

जापानमा विभिन्न सांकृतिक कार्यक्रमहरू धेरै हुनेगर्छ तर यस किसिमको आध्यात्मिक कार्यक्रम कमहुने गरेको पनि बताउनुभयो । वास्तवमा बुद्ध जयन्ती कुनै जाति बिषेश संस्था नभएर सबै नेपालीले मनाउनुपर्ने र यसको प्रतिनिधित्व जापान स्थित नेपाल राजदुतावासले गर्नुपर्नेमा समेत जोड दिएको थियो । बिडम्बनाको कुरा अन्य देशको राजदुतावासले आफै आयोजक भएर भब्य कार्यक्रम गर्छन् तर बुद्धको जन्मस्थल लुम्बिनी रहेको देश नेपालको राजदुतावास भने केही नगरी चुपचाप बस्छन् भन्दै दु:ख पनि प्रकट गर्नुभयो । बिशेष गरी जापानमा बुद्धको जन्म स्थल भारतमा छ भनेर बुझाई धेरै जापानिजहरूको छ ,यस्तो भ्रम चिर्न भएपनि नेपाल राजदुतावासले बुद्ध जयन्ती भव्यरूपमा मनाउनुपर्ने जापानका संघसंस्थाको माग रहेको छ ।
गत हप्ता नेपाल आदिवासी जनजाति महासंघ जापानमा आवद्ध संघसंस्थाले पनि बुद्ध जयन्ती समारोह नेपाल राजदुतावासले गर्न आवाज उठाएका थिए ।