बुधबार, बैशाख ०९, २०८३

स्वास्थ्य केन्द्र गेलुमा एम्वुलेन्स सेवा संचालनमा,ग्रामिन क्षेत्रमा राहत

रामेछाप । मन्थली नगरपालिका-११ गेलुले आर्थिक वर्ष ०७५/०७६ को वडा कार्यालयको बजेटबाट एम्बुलेन्स खरिद गरि ल्याएको छ ।
मन्थली -११ गेलुका काब वडाअध्यक्ष जित घिसिङका अनुसार वडाको रु.१० लाख ५० हजार लागतमा एम्बुलेन्स खरिद गरि ल्याएको र केही दिनमा नै गेलुबासी र आसपासका बासिन्दालाई एम्बुलेन्स सेवा पुर्याउने जानकारी दिनु भएको छ ।
एम्बुलेन्स संचालनको लागि प्राथमिक स्वास्थ्य केन्द्र गेलुको मातहातमा एम्बुलेन्स नम्बर बा.२ झ ४४६२ नम्बरको एम्बुलेन्स संचालक समिति गठन गरि सेवा दिने जनाएका छन् ।