काठमाडौं । लोकप्रिय फापारे सेलो गायक बैरागी मोक्तानको संगितमा गायिका शर्मिला तामाङ र गायक पासाङ लामाको स्वरमा सजिएको सेलो कोसेली “ठुलि कान्छी” विमोचन सप्पन्न भएको छ ।
विमोचन कार्यक्रमको प्रमुख अतिथी बुद्ध एकडेमिका निर्देशक महाबिर लामा उपस्थित थिए । लामाले गितको ब्यानरलाई खोल्दै विमोचन गरे । साथै फापारे सेलो गायक पोङ्दिला च्याङ्बा लगायत थुप्रै महानुभावहरुको उपस्थिति थियो ।
प्रमुख अतिथि लामाले भिडियो विमोचन पश्चात् आफ्नो मन्तव्य राख्ने क्रममा प्रविधिले गर्दा आफ्नो प्रतिभालाई जतिबेला पनि प्रस्फुटित गर्न सजिलो भएकोले अहिलेको समय कलाकारहरुको लागि सजिलो युग भएको बताए । पहिले पहिले स्टुडियोमा गित रेकर्ड गर्न समेत पहुँच चाहिन्थ्यो । अहिले हाम्रै समाजमा गित संगित सम्बन्धि सम्पुर्ण काम गर्ने ब्यक्तिहरु भैसकेकोले अहिले हामी धेरै तामाङहरुले आफ्नो कलालाई पोख्ने सजिलै संग मौका पाएको बताए ।
कार्यक्रमको सभापति एवं अन्जना कृयसनका सन्चालक बैरागी मोक्तानले हाम्रो तामाङ समाजमा छोरी चेलिलाई बोलाउने शब्द ठुली, कान्छी जस्ता धेरै प्रयोग हुने भएकोले यस गितमा प्रयोग भएको ठुली कान्छी पकै सबैको मनमा बस्न सफल हुने बताए । साथै यस गितलाई सम्पुर्णले मन पराईदिनुहुन्छ भन्ने आशा लिएको समेत बताए ।
गितको अडियो तर्फ
शब्द : पासाङ लामा
स्वर : पासाङ लामा / शर्मिला तामाङ
संगित : बैरागी मोक्तान
भिडियो तर्फ
निर्देशन : फुलमाया तामाङ
छायांकन : बिजय जिरेल
अभिनय : पुसन लामा वाईबा / पासाङ लामा
सम्पादन : बैरागी मोक्तान
कलर : रोशन फ्युबा
भिडियो : https://youtu.be/vgh3rnnXboI

