Nepali date


आइतवार, भदौ २९, २०७६

देश र प्रेस

मिरा राजभण्डारी,

देश र प्रेसका लागि मेरो दुई शब्द

बिदेशीले दमन गर्दा दुम-लुकाइ रहने

दिनै दिन राष्ट्रबाद् घोकी घोकाइ रहने
बिदेशी ले दमन गर्दा दुम लुकाइ रहने

गर्जिन्छ तेर्स्याउछ बन्दुक र हत्कडी हरु
जब स्वतन्त्र पार्दर्सी को प्रेस ले माग गर्द्छ
देखाउछन सत्ता लोलुपता र चाहना
जब बिपछिका बर्सिन्छन प्रश्न र तर्कना

दिनै दिन राष्ट्र बाद् घोकी घोकाइ रहने
बिदेशी ले दमन गर्दा दुम लुकाइ रहने

म भन्दिन यो तिम्रो देश होइन
अनुभुतिमा मेरो, यो देश तिम्रो होइन
प्रमाण साझा तिमी हुन नसकेको
उदाहरण म सँग छ कैएन प्रेस माथि दमन को

दिनै दिन राष्ट्र बाद् घोकी घोकाइ रहने
बिदेशी ले दमन गर्दा दुम लुकाइ रहने

हिजो तिमी सडक मा सडक छप कहलिदा
न्यानो कुर्ची दिलाउन मेरो कलम साछी थियो
नयाँ नेपाल, सम्रिद्द नेपाल तिम्रो खाका
मेरो बुझाईमा प्रमाण थियो
खोलो तर्यो लौरो बिर्स्यौ ऐले
प्रेस माथिको दमन, बिर्सेंको छैन मैले

दिनै दिन राष्ट्र बाद् घोकी घोकाइ रहने
बिदेशी ले दमन गर्दा दुम लुकाइ रहने

फेसबुकबाट तपाइको प्रतिक्रिया