बुधबार, बैशाख ०९, २०८३

पूर्व परराष्ट्र मन्त्री डा.प्रकाश शरण महत जापानमा

टोकियो । नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्व परराष्ट्र मन्त्री डा.प्रकाश शरण महत जापान आइपुग्नु भएको छ ।

बिकशित राष्ट्रहरुको अन्तरास्ट्रिय मन्च जी -२० को एक कार्यक्रमको परिवेक्षकको लागी शुक्रवार डा.महत जापान आइपुग्नु भएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्र मन्त्री डा. महतलाई कांग्रेस प्रवास संगठन जनसम्पर्क समिति जापानका पदाधिकारीहरूले राजधानी टोकियो स्वागत गरेका थीए ।
में २४ देखि २७ सम्म कार्यक्रमको शिलसिलामा जापानमा रहनु हुने र जुन २ तारिखका दिन नेपाली समुदायसंग भेटघाट गर्ने कार्यक्रम रहेको महामन्त्री रामजंग कार्कीले जानकारी दिनुभयो ।