बुधबार, बैशाख ०९, २०८३

गायिका सुमित्रा तामाङको नयाँ गित ‘चौतारीमा वर..’ बजारमा

काठमाडौं । मिठो स्वर र सुन्दरी गायिका सुमित्रा तामाङ र बिक्रम परियार को नयाँ गित ‘चौतारीमा वर’ बजारमा आएको छ ।

कला गलाको साथ साथै सन्दर्यताले पनि गीत संगीतलाई प्रभाव पार्न थालेको छ,मिठो स्वर र सुन्दरी गायिका सुमित्रा तामाङ यसको उदाहरण हो । पछिल्लो समय अरुको सिको गरेर गीत निकाल्ने क्रम नभएको होइन यहि बिचबाट सुमित्रा तामाङ र बिक्रम परियारले फरक पहिचान बोकेको गीत चौतारीमा वर सार्बजनिक गरेका छन् ।

पछिल्लो पुस्ता लाई ध्यान दिएर माया पिरतिमा आधारित यो गीतमा मौलिकता पाइन्छ । गीत गाउनु र निकाल्नु ठूलो कुरा होइन तर गीतमा कतिको मौलिकपन छ भन्ने ठूलो कुरा कुरा हो । आफैमा सुमधुर स्वरका धनी बिक्रम परियार र सुमित्रा तामाङको सहकार्यले यस चौतारीको वर मार्फत नया आयम थपिन सक्छ । नकुल ढकालको शब्द रहेको यस गीतमा संगीत वसन्त थापाको रहेको छ ।

गायक परियार र गायक तामाङले आवाज दिएको गीतलाई बिपि फिल्मको ब्यानरले बजार ब्यबस्थापन गरेको छ ।
मौषम हिमालीले निर्देशन गरेको म्यूजिक भिडियोमा चर्चित गायक तथा मोडल रामजी खाण , वसन्त थापा र सम्पदा बानियाले अभिनय गरेका छन भने संगीत संयोजन आशिष अबिरलले गरेका छन् ।