टोकियो । एक ४० वर्षिय मानिसलाई आक्रमण गरी १३ हजार येन लुटेको आरोपमा ९ जना युवाहरु पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, उनिहरुले गत जनवरी २० तारिख बिहान, टोकियोको मिनामी नारुसे, माचिदामा पैदल हिडिरहेका ४० वर्षिय मानिसलाई आक्रमण गरी, त्यी मानिसको झोलामा रहेको सो रकम लुटेका हुन् । सान्केई सिन्बुन( जापानी एक दैनिक पत्रिका) मा प्रकाशित समाचारका आधारमा प्रहरीले उनिहरुलाई टोकियोबाट पक्राउ गरेको हो ।
चोरी तथा लुटपाटमा संलग्न रहँदै आएका ति ९ जना किशोरहरुलाई पैसाका लागि (ओयाजी गारी -親父狩り)अधवैसे तथा वृद्द मानिसहरु लुटपाट गर्ने अपराधमा संलग्न भएको विवरण सहित कारवाही अघि बढाईएको छ ।
पिडितले प्रहरीलाई दिएको वयान अनुसार एक विहानै उनि घर फर्कदै गर्दा बाटोमा ति युवाहरुले उनिसंग भएको पैसा माग्दै थर्काए, त्यसलाई वेवास्था गर्दै अगाडी बढिरहेका उनलाई ति केटाहरुले चारैतिरबाट घेरा हालि लात्ती तथा मुक्का प्रहार गरि, उनिसंग भएको झोलाबाट सबै पैसा निकाली फरार भए । सो क्रममा ति ४० वर्षिय मानिस सामान्य घाईते भएका थिए ।
लुटेराहरुले सो रकम एक रेस्टुरेन्टममा गई खर्च गरेको बताईएको छ । @nepalnewspost

