मङ्गलबार, बैशाख ०४, २०८१

काठमाडौंमा अन्तर्राष्ट्रिय तमू सम्मेलन,हकअधिकारबारे छलफल हुने

काठमाडौं । विश्वमा रहेका तमूहरु एउटै मञ्चमा सहभागी हुँदै तमूहरुको भाषा, धर्म, संस्कार संस्कृति लगायत अधिकारका सवालमा व्यापक छलफल हुने भएको छ ।

आगामी असोज २४ र २५ गते काठमाडौंमा पहिलोपटक अन्तर्राष्ट्रिय तमू सम्मेलनको आयोजना गर्दै तमूका हकअधिकारबारे पहिलोपटक छलफल गर्न लागिएको हो ।

तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रि परिषदले आयोजना गर्ने सो सम्मेलनमा विश्वमा छरिएर रहेका विभिन्न तमू संघसंस्था र प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

‘सम्पूर्ण तमू (गुरुङ)हरुको आव्हान : एकता, अस्तित्व र पहिचानका लागि तमू अन्तर्राष्ट्रिय सम्मेलन’ भन्ने नारा तय गरिएको छ । विश्वमा रहेका तमू संघसंस्थालाई सम्मेलनमा सहभागी हुनका लागि तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेमश गुरुङले अनुरोध गर्नुभएको छ ।