टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेसन र निर्वाचन सम्वन्धि अनुगमन र कार्यबिधि २०१९ सहित अनुगमन समिति गठन गरेको छ ।
अनुगमन समितिको सल्लाहकारमा सम्वन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरि २ सल्लाहकार रहने छन् भने ,समितिमा मानार्थ परिषद सदस्य ४६ जनालाई १४ क्षेत्रीय समितिको लागि तीन(तीन जना चयन गरि जिम्मेवारी दिएको छ।
यस पटक देखि क्षेत्रिय समितिको नयाँ गठन हुने समितिलाई अनुगमन समितिको सिफारिसको आधारमा रासप जापानले मान्यता दिने प्रावधान गरिएको र क्षेत्रिय लेखा परिक्षण को लागि रासप जापानका सदस्यहरुलाई जिम्मेवारी दिएको र उहॉहरुले लेखापरिक्षण गरेपछि मात्र क्षेत्रिय समितिको अधिवेशनमा आर्थिक प्रतिवेदन स्वीकृतिको लागि पेश हुने ब्यवस्था बिधानले गरेको छ ।
आसन्न रासप जापान र यसका मातहतमा रहेका क्षेत्रिय समिति हरुको आसन्न अधिवेशन र निर्वाचनको लागि आवस्यक छलफल र राय सुझाव लिनको लागि यहि २५ तारिक शनिवार ३ बजे एनआरएनए कार्यालयमा मानार्थ परिषद् सदस्यहरुसंग बैठक बस्नको लागि तयारीसंगै आमन्त्रण गरेको छ ।
