टोकियो । गायकद्वय अमित सापकोटा र खेमराज पौडेलले ‘लाज मर्दो बनाई छाड्यौ, नेपाली हुँ भन्नलाई’ बोलको गीत बजारमा लिएर आएका छन् ।
गीतमा गायक द्वयअमित सापकोटा र खेमराज पौडेलको स्वर रहेको छ भने लय अमित सापकोटा तथा शब्दमा अमित सापकोटा र खेमराज पौडेल को रहेको छ ।गीतलाई एआर क्रियसनले बजारमा ल्याएको छ भने गीतको छायांकन जापानमा तथा नेपालमा गरिएको छ । छायांकन तथा निर्देशन भने अमित सापकोटाले नै गरेका छन् ।
गीतमा केशब पौडेल , मेघराज सापकोटा , कृष्ण खरेल र लक्ष्मण कुँवर को अभिनय रहेको छ । साथै यो गित, सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ ।

