टोकियो । हरितालिका तिजको अवसरमा जापानको राजधानी टोकियोमा पहिलो पटक खुल्ला वृहत तीज विशेष साँस्कृतिक कार्यक्रम ‘तीज फेस्टिवल’ तयारी गरेको छ ।
डेस्टिनी क्रियसनको आयोजनामा सेप्टेम्बर १ तारिख आईतबार टोकियो टावर नजिक रहेको सिवा पार्कमा सो खुल्ला ‘तीज फेस्टिवल’ हुने भएको हो ।
नेपालका ख्यातिप्राप्त आधा दर्जन कलाकारहरुको साथमा नेपाली तीजको मौलिकता झल्काउने गरी जापानमैं पहिलो पटक भिन्न र बृहत ‘तीज फेस्टीवल’ गरिने डेस्टिनी क्रियसनका कृष्ण खरेलले जानकारी दिनुभयो ।
तीजको दरखाने दिन विहान १० वजेवाट साँझ ७ वजेसम्म हुने सो फेस्टिवल जापानवासी नेपालीहरुको माझँमा पहिलो पटक गर्न लागिएको मिडिया संयोजक शान्त पहरीले जानकारी दिनुभएको छ ।
उक्त तीज फेस्टीवल जापानमैं पहिलो पटक खुल्ला पार्कमा गर्न लागेकोले जापानस्थित सम्पुर्ण संस्थालाई सह-आयोजकको रुपमा राख्ने जानकारी दिएको छ । उक्त कार्यक्रमवाट संकलित भई बचेको रकम नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्ने प्रोजेक्ट मेनेजर असिम बस्नेतले बताउनु भएको छ ।


