बिहिबार, असार ११, २०८३

छात्रवृत्तीको लागि आवेदन खुल्ला,एनआरएन जापानको सदस्य अनिवार्य

टोकियो । गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १०० जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको लागि आवेदन खुल्ला भएको छ ।

जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्थामा एनआरएनए जापानले समस्या न्यूनिकरणमा बिभिन्न माध्यमबाट अग्रसरता देखाउदै आएको छ ।
जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज विश्वविद्यालय अध्ययन पश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएतापनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ , तर कलेज शुल्क तिर्न र आफ्नो दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै भाषा स्कुल तथा भोकेसनल कलेज र विश्वविद्यालय अध्ययनरत जेहेन्दार तथा लगनशील १०० जना बिधार्थीलाई विशेष छुनौट प्रकृयाका आधारमा यो सेवा दिन लागिएको हो ।

छात्रवृत्तीका लागि उल्लेखित मापदण्डहरु जानकारीको लागि अनुरोध गरिएको छ ।
A.यो छात्रवृति को जम्मा अबधि २ बर्ष को हुनेछ । २ वर्ष पछि फेरी अर्को २ बर्ष को लागि आबेदन गर्न सकिन्छ ।
B.यो छात्रवृति पाउन को लागि आँफु पढेको बिद्यालय/कलेजबाट सिफारिस लिनु पर्ने हुन्छ ।
※सिफारिस को फारम IHNO को बाट उपलब्ध हुनेछ ।
※बिद्यालय/कलेज परिवर्तन भएको बेला नया बिद्यालय या कलेज बाट सिफारिस लिनु पर्नेछ।
C.हप्ता मा २८ घण्टा को आरुबाइतोको नियम पालना गरेको हुनु पर्नेछ ।
बिदा को बेलामा हप्ता मा ४० घण्टा सम्म गर्न मिल्ने तर दिनको काम गर्ने घण्टा ८ घण्टा भन्दा बढी हुन हुँदैन ।
D.प्रतेक महिना IHNO बाट दिइएको मिति सम्म मा काम को विवरण इमेल मार्फत पठाउनु पर्नेछ।

चाहिने डकुमेन्ट ।
१. IHNO आबेदन फारम (बिद्यालय ले सिफारिस गर्ने फारम सहित २ पेज )
२. बैंक को खाता नम्बर र खाता को नाम बुझिने पासबुक को कपि
३. हस्त लिखित जापानी भाषा मा निबन्ध। (पढाई को लागि किन जापान रोज्नु भयो ?) जापानी भाषा बिद्यालय को बिधार्थी ४०० शब्द , अरु ले ८०० शब्द।
(IHNO ले उपलब्ध गराउने पेपर मा लेख्ने )
४. रेसिडेन्ट कार्ड को फोटो कपि।
५. आँफु पढ्ने बिद्यालय को स्युसेकी सेइसेकि प्रमाण पत्र।
६. अन्य जापान मा प्राप्त गर्नु भएका सर्टिफिकेट (JLPT) जस्ता प्रमाण पत्र।

नोट:-
१.NRNA जापानको सिफारिशमा पाइने यो छात्रवृतिको आबेदनको लागि NRNA,जापानको सदस्यता लिनु अनिबार्य छ । सदस्यता नलिएको बिद्यार्थीहरुले NRNA ,जापानको सदस्यता लिएर मात्रै आबेदन दिनुहोला ।
२.अन्तिम मिति २०१९ जुन १५ तारिक भित्र फारम भरि आवेदन गरिसक्नु पर्ने छ ।
३.तपसिल ठेगनामा कागजपत्र पठाउनु होला।
〒100-0014
東京都千代田区永田町2-17-17アイオス永田町505