शुक्रबार, चैत १६, २०८०

शैक्षिक गुणस्तरका लागि गेलुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मंथली । म बनाउछु म पढेको विद्यालय भन्ने मुल नाराका साथ शैक्षिक गुणस्तरका निम्ति सरोकारवाला निकायसंगको अन्तरकृया कार्यक्रम सम्पन्न भएके छ ।

शारदा मावि पूर्व विद्यार्थी समाजद्वारा आयोजित सरोकारवाला निकायसंगको अन्तरकृया कार्यक्रम आज शुक्रवार गेलूमा अन्तरकृया सम्पन्न भएको हो।
कार्यक्रम सब्य, भब्य र परिणाममुखी बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने कार्यसमितिका साथीहरू,सल्लाहकार सदस्य,शारदा माबि स्कुल,स्कुल बिब्यस तथा सम्बद्ध जनप्रतिनिधि तथा सरोकारवाला पक्षलाई हार्दिक कृतज्ञता आभार प्रकट गर्नुका साथै आगामी दिनमा पनि यस्तै सहयोग अपेक्षागरेको समाजका अध्यक्ष श्यामकाजी खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा मन्थली नगरपालिका उपमेयर माया कार्की, वडा १२ का अध्यक्ष कृष्णहरी अधिकारी, जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कार्की, मंथली ११ का काब वडा अध्यक्ष जित बहादुर तामाङ, मन्थली नगरपालिका शिक्षा महाशाखा प्रमुख हेमन्त बुढाथोकी, शिक्षा विज्ञ एवं मन्थली क्याम्पसका पुर्व क्याम्पस प्रमुख गुन्ज बहादुर श्रेष्ठ, विब्यसका अध्यक्ष अजय पुलामी, प्रअ अर्जुन कुमार श्रेष्ठ, मनकामना मावि का प्रअ कैलास खत्री, सिक्राल मावि का प्रलाद खत्री, भुलभुले निमावि राजु भण्डारी, श्री तामाकोसी प्रावि का प्रअ रविन्द्र खत्री, पूर्व शिक्षक शम्भु अधिकारी, विध्यार्थी नेता सागर अधिकारी लगाएत उपस्थितरहेको थियो ।